सरकारको भ्रष्टाचार विरोधी अभियानले जनतामा उत्साह पैदा भएको : पौडेल

-


     हिडन खबर    
     कार्तिक १ गते २०८० मा प्रकाशित


बागलुङ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं बागलुङ इन्चार्ज गोविन्द पौडेलले जनयुद्धले देशमा राजनीतिक परिवर्तन गरेपनि नेपालको प्रशासनिक क्षेत्रमा अझै सुधार हुन नसकेको बताउनु भएको छ ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान, घरघर माओवादी जनजनमा माओवादी अन्तरगत नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिले आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । वडा दशैं, शुभ दिपावली, नेपाल सम्वत् , छठ, ल्योसार, इद, बकर इदको आवसरमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले नेपालमा माओवादीले सुधार सहितको नेतृत्व गरिरहेको भन्दै उहाँले मानिसमा बढ्दै गएको महत्वकांक्षाले समाजमा भ्रष्टाचार र बेथिती बढेको बताउनु भयो । पौडेलले सरकारको जनपक्षिय काम र भ्रष्टाचार विरोधी अभियान प्रति जनतामा उत्साह पैदा भएको बताउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कुसुम वुढा, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, उच्च अदालत वार एशोसियशन बागलुङका अध्यक्ष रमेश खड्का, समाजवादी पार्टी बागलुङका संयोजक चित्र सापकोटा, नेपाल कम्युनिष्ट पार्टी बागलुङका इन्चार्ज आकाश सी, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिका अध्यक्ष रतन मलेपतिको अध्यक्षता, उपाध्यक्ष धनमाया शर्माको स्वागत र सचिव राजु खड्काको संचालनमा सम्पन्न भएको थियो ।