बागलुङ नगरपालिका – ११ को वडा अध्यक्षमा कांग्रेसका गौतम पुनः निर्वाचित

-


     हिडन खबर    
     जेठ २ गते २०७९ मा प्रकाशित


बागलुङ – बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर ११ रायडाँडामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द गौतमको प्यानल विजयी भएको छ ।गठबन्धनबाट उम्मेदवार बनेका गौतमले ७ सय ९० मत प्राप्त गरी दोस्रोचोटि वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका चिरिन्जिवि केसीले ३ सय ३२ मत प्राप्त गरेका छन् । यसै गरी महिला सदस्यमा टुका देवी शर्मा आचार्यले ७ सय ६४,दलित महिला सदस्यमा गंगा बस्याल ७ सय ७६, खुल्ला वडा सदस्यमा खेम थापा मगर ७ सय ८७, नन्द बहादुर थापाले ७ सय ८६ मतका साथ विजयी भएका छन् ।बागलुङ नगरपालिका वडा नं ११ रायडाँडाबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार बसन्त कुमार श्रेष्ठले ८ सय ४ मत र नेकपा एमालेका जनक राज पौडेलले २ सय ९३ मत प्राप्त गरेका छन् ।