
बागलुङ नगरपालिका वडा नम्वर ३ मा नेपाली कांग्रेसका लक्ष्मण केसीको गठवन्धनको प्यानल विजयी भएको छ। सोमबार सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमल खड्कालाई २ सय १२ मतान्तरले पराजित गरेका छन् । केसीले ९ सय ८३ मत प्राप्त गर्दा एमालेका कमल खड्काले ७ सय ६६ मत मत पाएका छन् । त्यस्तै वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका पुनम शर्माले ६ सय १३, बावुलाल शाक्यले २ सय ६० र पिंगलराज गौतमले ७७ मत प्राप्त गरेका छन् । गठवन्धनबाट महिला वडा सदस्यमा धनमाया शर्मा ,पवित्रा सुनार, अजर््न खड्का र नगेन्द्र केसी विजयी भएका छन् ।









