राजनीति

माआ‌ेवादी अध्यक्ष प्रचण्डद्वारा तामाङ समुदायको साेनाम ल्हाेछारमा शुभकामना

काठमाडौं माघ १७नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तामाङ समुदायको साेनाम ल्हाेछारकाे उपलक्ष्यमा शुभकामना सन्देश ब्यक्त गर्नुभएको छ ।अध्यक्ष दाहालले शुभकामना सन्देश प्रकाशित गरि ल्होछार पर्वले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउँदै भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति, सामाजिक न्याय, दिगो विकास र आर्थिक समृद्धि हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वाससहित फेरि एकपटक समस्त नेपालीहरूमा हार्दिक शुभकामना ब्यक्त गर्नुभएको छ । शुभकामना सन्देश नयाँ वर्षका रूपमा तामाङ समुदायको सोनाम ल्होछार लगायत नेपालका हिमाली एवं… पुरा पढौ

प्रेस सेन्टर नेपाल १५ बुँदे काठमाडौं घोषणापत्र जारीकेन्द्रीय अधिवेशन चैत १६ र १७ गते काठमाडौंमा

काठमाडौ । प्रेस सेन्टर नेपाल, केन्द्रीय समितिको माघ १५ गते काठमाडौंमा सम्पन्न पाँचौ पूर्ण बैठकले सेन्टरको केन्द्रीय अधिवेशन चैत १६ र १७ गते राजधानी काठमाडौं गर्ने निर्णय गरेको छ ।सेन्टरको बैठकले बाट १५ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ । बैठकले संसदमा दर्ता भएका विधेयकहरु प्रेस स्वतन्त्रतामैत्री निर्माण गर्न र संविधानले निदृष्ट गरेका हक अधिकारको संरक्षण र प्रबर्धन गर्न सरकार र संसदको ध्यानाकर्षण गराउँदै सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धी विधेयकमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन् हुने व्यवस्था तत्काल… पुरा पढौ

परराष्ट्रमन्त्री डा राणासँग भारतीय अतिरिक्त सचिवको शिष्टाचार भेट

माघ १५ काठमाडौंकाठमाडौं ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज यहाँ शिष्टाचार भेट गर्नुभएको छ । सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयहरुका साथै आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारे कुराकानी भएको थियो । सो भेटका अवसरमा मन्त्री डा राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिएको चर्चा गर्दै नेपाल र भारतका नागरिक तथा दुई देशको पारस्परिक हितका लागि नेपाल सधैँ भारतसँग नजिक रहेर सहकार्य गर्न चाहेको बताउनुभएको थियो । साथै… पुरा पढौ

आफ्नै देशमा पौरख गरौं : अध्यक्ष प्रचण्ड

तेह्रथुम, लसुने १४ माघ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेस पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताउनुभएको छ । तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमि, माटोको माया नगर्ने प्रवृतिका कारण विदेस जाने प्रवृति बढ्दै भएको बताउनुभएको हो । उहाँले भन्नुभयो -'मलाई कता कता आज भोलि देशभक्तिको भावना कमि हुँदै गएको होकि ?, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकी ? भन्ने चिन्ता लागेको छ ।म आम… पुरा पढौ

उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक: प्रचण्ड

घोराही, १२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा उहाँले यस्तो धारणा राख्नुभएको हो। शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने उल्लेख गर्दै उहाँले शिक्षालाई सिप र सिपलाई जीवनसँग जोड्नुपर्ने बताउनुभयो । त्यसका लागि स्थानीय जनतासँग सहकार्य गर्दै पठनपाठन प्रभावकारी उहाँले शिक्षालय परिवारलाई आग्रह गर्नुभयो।सहिद कृष्णसेनको नाममा स्थापित शिक्षालय देशकै धरोहर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेन कवि… पुरा पढौ

जनतासमक्ष अध्यक्ष प्रचण्डको अपिल -‘हामी गल्ती सच्याउछौं, तपाईले ८४ मा बहुमत दिनुहोस् ‘

दाङ,माघ ११ गते । नेकपा (माओवादी केन्द्)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गर्नुभएको छ ।माओवादी केन्द्रले तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो -'यो पटक म दशभर अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा गएको छु ।हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ । आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याछौं । तपाईहरुले… पुरा पढौ

नेकपा माआ‌ेवादी केन्द्रका अध्यक्ष प्रचण्ड दाङमा

तुलसीपुर, ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रमलाई सम्बोधन दाङ पुग्नुभएको छ। उहाँले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अहिले विहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी हुने कार्यक्रम तय भएको छ। अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ। अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा… पुरा पढौ

सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन: प्रचण्ड

सुर्खेत, १० माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताउनुभएको छ।सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । नीतिगत रुपमा हेर्दा यो सरकारको आयु लामो नभए पनि आफूहरुले सरकार बदल्न खोजेको भन्ने बुझाइ चाहिँ सही नभएको उहाँले स्पष्ट गर्नुभयो । यो सरकार बन्नेबेलादेखि नै आफ्नो पार्टीले भन्दै आएजस्तो सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको उल्लेख गर्दै उहाँले यति हुँदा पनि आफूहरू सरकार ढाल्ने प्रक्रियामा… पुरा पढौ

पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन, ८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ। यसरी प्रवेश गर्नेहरुमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, काङ्ग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोती लगायत रहनभएको छ। सोही अवसरमा भारतीय सेनाका पूर्व क्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो। अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी… पुरा पढौ

विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता

काठमाडौं माघ ७काठमाडौं ,हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग आज फोनवार्ता गर्नुभएको छ । इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ । परराष्ट्रमन्त्री डा राणाले पहिलो चरणमा नै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा अब्देल अतिमार्फत् इजिप्ट सरकारसँग आज सो आग्रह गर्नुभएको हो । आफ्नो स्वास्थ्य… पुरा पढौ