राजनीति

मन्त्रिपरिषद् पुनःगठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु : प्रधानमन्त्री

काठमाडौँ, २४ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसहेको बताउनुभएको छ । संसद्मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यही फागुन ६ देखि १८ गतेसम्मका विषयमा सरकारको धारणा माग गरिएकोमा सरकारको समीकरणसँगै मन्त्रीहरूको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताउनुभयो । “सांसदहरूले उठाउनुभएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “ राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन् । उदाहरणका लागि… पुरा पढौ

एमाले माआ‌ेवादी रास्वपा र जनता समाजवादी बिच ८ बुँदे सहमति

काठमाडौं / नेपाली कांग्रेस सहितको गठबन्धनमा खटपट आएपछि त्यसलाई ताेडेर नयाँ गठबन्धन बनाएका छन् । नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठ बुँदामा सहमति गरेका छन् । सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महसुस गरी चार दलको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने र सरकारको नेतृत्व नेकपा… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड नेकपा एसका अध्यक्ष माधव नेपाल निवासमा

काठमाडौ / प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेकपा(एस) का अध्यक्ष तथा पू्र्व प्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यलाभको कामना गर्न नेपाल निवास कोटेश्वर पुग्नु भएकोछ। उहालाई सिघ्र स्वास्थ्यलाभको कामना गर्न साँझ माआ‌ेवादी नेता एवम् निर्वतमान गृहमन्त्री नारायण काजी श्रेष्ठ सहित नेपाल निवास पुग्नु भएको हाे । नेपाली कांग्रेस सहितको गठबन्धन भत्काएर एमाले ,रास्वपासहितको नयाँ गठबन्धन बनाइ ३ सदस्य नयाँ मन्त्री मण्डल गठन गरि प्रधानमन्त्री प्रचण्ड एसका अध्यक्ष नेपालकाे स्वास्थ लाभको कामना गर्न नेपाल निवास पुग्नुभएकाे हाे । पुरा पढौ

नयाँ गठबन्धनका तीन मन्त्रीले लिए शपथ

काठमाडौं / नेपाली कांग्रेस सहितको गठबन्धनमा खटपटआएपछि रातारात नयाँ गठबन्धन बनाएर नयाँ गठबन्धन दलहरूबाट नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् ।तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए। तामाङ यसअघि खेल्कुद, गिरि स्वास्थ्य र अर्याल श्रममन्त्री भएका थिए । नवनियुक्त मन्त्रीहरूले कुन… पुरा पढौ

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताउनुभएको छ । उहाँले माआवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पार्नुभयो । सहिद सप्ताहअन्तर्गत शहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ प्रधानमन्त्री प्रचण्डले माओवादीको आफ्नै गतिशील पहिचान रहेको स्पष्ट पार्नुभयो । “साँचो कुरा हो, माओवादी सिद्धान्त र विचारका दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन, गडगडाउँदो नदीजस्तो बग्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । निरन्तरतामा क्रमभङ्ग गर्दै… पुरा पढौ

सुखानी सहिदका परिवारसँग भेट, कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुखानी सहिदका परिवारसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्रीले सहिद सप्ताहका अवसरमा उहाँहरुलाई भेट गर्नुभएको हो । तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो । आजको भेटमा ती सहिद परिवारका सदस्यहरु विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो । कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१… पुरा पढौ

सरकार समाजवादको आधार तयार पार्न क्रियाशील छ : प्रधानमन्त्री

फागुन २० दाङ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताउनुभयाे । शनिबार दिउँसो दाङको देउखुरीमा आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो। प्रशिक्षणमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार पार्ने कुरामा जोड दिनुभयो। प्रचण्डले , "मैले सरकारको नेतृत्व गरेदेखि नै समाजवादको आधार तयार पार्न सुशासन, समाजिक न्याय र समृद्धिमा जोड दिएको छु। प्रतिकूल परिस्थितिका बाबजूद… पुरा पढौ

लोकतन्त्रवादी जनजाति महासंघको अध्यक्षमा खिम पुन

बागलुङ / लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बागलुङको प्रथम जिल्ला अधिवेसन बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनको नेपाली काँग्रेस केन्द्रीय सदस्य किरणराज पौडेलले एक कार्यक्रम बिच उद्घाटन गर्दै काँग्रेसलाई चलायमान र गतिवान बनाउनका लागि भातृ संगठनहरु चुस्त र गतिवान हुनुपर्ने बताए । ‘पार्टीलाई जनताका माझमा बलियो बनाउनका लागि काँग्रेसले विभिन्न भातृ तथा सुभेच्छुक संस्थाहरु निर्माण गरेको छ,’ उनले भने–‘पार्टीलाई सही गतिमा अगाडि बढाउनका लागि भातृ संस्थाहरु चलायमान हुनुपर्छ । उनले नेपाली काँग्रेस देशको हरेक परिवर्तनको संवाहक पार्टी भएको र देशको… पुरा पढौ

राष्ट्रकै पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने प्रधानमन्त्रीको विश्वास

भरतपुर (चितवन), १८ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न कार्यक्रम महत्त्वपूर्ण योगदान पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । विशिष्ट पाहुनाहरूबाट एक सय ५० वर्षदेखि चितवनका जङ्गलमा शिकार यात्रा गरेको इतिहास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा सर्वप्रथम… पुरा पढौ

माओवादी केन्दले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं / नेकपा माओवादी केन्द्रले अहिले हुन गइरहेको राष्ट्रिय सभाकाे निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।  आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्ज तय गर्नुका साथै राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय गरेको हो । त्यस्तै पार्टीले मधेस/तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि चलाउने र हिमाल–पहाड–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णयपनि गरेको छ ।  माओवादीले कोशीमा उपमहासचिव हरिबोल गजुरेल, मधेसमा सचिव लिलामणि पोखरेल, वागमतीमा अग्निप्रसाद सापकोटा, गण्डकीमा सचिव… पुरा पढौ