राजनीति

छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार भए माआ‌ेवादी केन्द्रले स्वागत गर्ने ?

पोखरा, १३ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताउनुभएको छ । पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गर्नुभयो । “फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौँ,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “म जनक्रान्तिकै बाटोमा छु, म चुनवाङकै बाटोमा छु, हिजो प्रचण्डबाट क्रान्ति भएन… पुरा पढौ

दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण : प्रधानमन्त्री

काठमाडौँ, २१ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा आज यहाँ आयोजित ‘छुवाछूतमुक्त राष्ट्र घोषणा : अवसर, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले दलित समुदायको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “दलित विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि गरीब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम… पुरा पढौ

माआ‌ेवादी संसदीय दलको बैठक शुरू

काठमाडौ / नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा सुरू भएको छ।माआ‌ेवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सहितका नेताहरू संसदीय दलमा सहभागी रहेका छन् । संसदीय दलको बैठकमा समसामयिक राजनीति बिषयमा छलफल हुने अनुमान गरिएको छ । पुरा पढौ

समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिनुभएको छ । जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताउनुभयो । “संस्कृतिको जग समाज हो । तसर्थ, समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ,” प्रधानमन्त्रीले भन्नुभयो, “जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी सङ्ठगित गर्नुपर्छ ।” जनयुद्धकालमा सांस्कृतिक आन्दोलनमा सामाजिक रूपान्तरण र… पुरा पढौ

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने ?

सिन्धुपाल्चोक, १६ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताउनुभएको छ । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताउनुभयो । “गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।”… पुरा पढौ

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौँ, १६ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ । उहाँले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले आगाडि बढाएको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने अभियानलाई सघाउन आग्रह गर्नुभएको हो । विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री… पुरा पढौ

कार्यदलमा ४ बुँदे सहमति, प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश

काठमाडौं / संसदीय छानबिन समिति गठनका लागि बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल लाई प्रतिवेदन बुझाएको छ। आज कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सहमति जुटेपछि कार्यदलका सदस्यहरुले सिंहदरबारमा पुगेर प्रधानमन्त्री समक्ष प्रतिवेदन पेश गरेपछि सार्वजनिक गरिएको हो। प्रधानमन्त्री सचिवालयका अनुसार संसदको गतिरोध अन्त गर्नका लागि राजनैतिक सहमति निर्माण र संसदीय समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्रीलाई कार्यकक्ष सिंहदरबारमा प्रतिवेदन बुझाएको हो।  कार्यदलमा ४ बुँदे सहमति भएको छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद तीन महिना… पुरा पढौ

गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री

काठमाडौँ, १५ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभइ सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्ने परिवर्तनकामी राजनीतिक शक्तिहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामूहिक प्रयास र सहकार्यबाट राजनीति व्यवस्था परिवर्तन गर्न सकिएको र सङ्घीयता र गणतन्त्रसहितको संविधान निर्माण गर्न सफल भएको बताउनुभयो । “गणतन्त्र कसैको लहड थिएन, न त कसैको राजनीतिक स्वार्थमा चलेको आन्दोलनको परिणाम नै। यो त… पुरा पढौ

कालिका सापकोटाको नेतृत्वमा बन्यो अखिल नेपाल महिला संघ बागलुङ

बागलुङ / नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बागलुङको अध्यक्षमा कालिका सापकोटा चयन भएकी छिन् । अनेमसंघ बागलुङको सातौं अधिवेशनले सापकोटाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो । कमिटीको उपाध्यक्षमा तुलसी क्षेत्री र सरस्वती खड्का परियार, सचिवमा पम्फा खड्का केसी, सहसचिवमा समीक्षा काउचा केसी र कोषाध्यक्षमा भावना खड्का चयन भएका छन् । जिल्ला कमिटीका सदस्यहरुमा ओजश्वी शर्मा (सरस्वती), तुलसी खड्‌का केसी, अनिता केसी, गितादेवी रिजाल, पुष्पा कुमारी क्षेत्री, चित्रकला थापा (शारदा), रुपा भण्डारी, मनिता खड्‌का,… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड पुर्व प्रधानमन्त्री देउवा निवासमा

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच देउवा निवास बुढानीलकण्ठमा छलफल भइरहेको छ । केही दिनदेखि अबरोध भइरहेको संसद सुचारू गर्ने देखि समसामयिक राजनीति बिषयमा प्रधानमन्त्री दाहाल र पुर्व प्रधानमन्त्री देउवा संग छलफल गर्न बुढानिलकण्ठ पुगेका हुन् । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने लगभग सहमति भएपछि उक्त सहमति शिर्ष दलका नेता बसेर टुंगोमा पुर्याइ गतिरोध भएको संसद खुलाउने पहल हुने अनुमान गरिएको छ । पुरा पढौ