हरितालिका तिजको अवसरमा बागलुङमा विद्यालय स्तरीय तिज गित नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बागलुङ नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिका स्तरीय अन्तर विद्यालय खुल्ला तिज गित नृत्य प्रतियोगिता आइतबार सम्पन्न भएको हो । बागलुङ नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरि २७ विद्यालयको सहभागी रहेको प्रतियोगितामा यु एस एकेडेमीको समुह प्रथम, अमर आदर्श माविको समुह द्वितिय, चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलको समुह तृतीय र मालिका आधारभूत विद्यालयको समुहले सान्त्वना स्थान प्राप्त गरेको शाखा अधिकृत गौरभ राना मगरले बताउनुभयो…
पुरा पढौ