बैँक / वित्त

सिवाईसी साकोसका कर्मचारीहरुको लागि दुई दिने क्षमता विकास तालिम सुरु

सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङका कर्मचारीहरुको लागि दुई दिने क्षमता विकास तालिम सुरु भएको छ। सहकारीले कर्मचारीहरुमा व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्नुका साथै सहकारीमा सुशासन कायम गर्नु क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको हो । तालिम उद्घाटनको अवसरमा बोल्दै सस्थाका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले दक्ष कर्मचारी विना वित्तिय सस्था सुदृढ हुन नसक्ने भएकोले कर्मचारीमा दक्षता अनिवार्य रहेको बताउनु भयो । सहहकारीलाई वित्तीय रुपमा सक्षम र सुशासनका हिसावले प्रभावकारी रुपमा सञ्चालनका लागि सहकारी सचेतना आवश्यक रहेको बताउनु भयो। कार्यक्रममा सहकारीका… पुरा पढौ

व्यक्तिगत सम्पत्ती बेचेर भएपनि बचतकर्ताको पैसा फिर्ता गर्छु : देव कुमार नेपाली

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष देवकुमार नेपालीलले आफ्नो सम्पत्ति बेचेर भएपनि बचत कर्ताको पैसा फिर्ता गर्ने बताएका छन् । सहकारीमा तरलता अभावको कारण देखाउँदै कारोवार रोक्का गरेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बागलुङ स्थित कार्यालय बचतकर्ताले घेराउ गरेपछि संस्थापक अध्यक्ष नेपालीले एक प्रतिवद्धता पत्र प्रकाशित गर्दै बचतकर्ताहरुलाई ढुक्क रहन आग्रह गरेका हुन् । सहकारीका कार्यबहाक अध्यक्षको नाममा हस्ताक्षरित सूचनामा बैसाख ६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार देशमा विधमान आर्थिक अवस्थाको कारण तरलता… पुरा पढौ

इमेज सहकारी अनिश्चितकालका लागि बन्द

बागलुङ बागलुङ बजारमा संचालित इमेज बचत तथा ऋण सहकारीले तरलता अभाव भएको भन्दै कारोबार बन्द गरेपछि बचतकर्ताको भिड लागेको छ । बागलुङ नगरपालिका वडा नं २ हल्लन चोकमा रहेको सहकारीले एकाएक कारोबार बन्द गरेको सूचना निकालेपछि बचत डुब्ने डरले बिहिबार बचतकर्ताहरूको सहकारीको कार्यालयमा भिड लागेको हो । सहकारीका कार्यबहाक अध्यक्षको नाममा हस्ताक्षरित सूचनामा बैसाख ६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार देशमा विधमान आर्थिक अवस्थाको कारण तरलता अभाव भएको भन्दै अर्को सूचना नआएसम्मको लागि कारोवार बन्द गरिएको सहकारीले सूचना… पुरा पढौ

नेपाल बैंक लिमिटेड बागलुङद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बैंक लिमिटेडद्वारा बागलुङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल बैंक बागलुङ शाखाको आयोजनामा जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर-६ बिहुको भिमसेन माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।युवामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यका साथ विश्वभर मार्च २० देखि २६ सम्म मनाउन लागिएको ‘ग्लोबल मनि विक’ नेपालमा पनि राष्ट्र बैंकको संयोजनमा देशभर विभिन्न कार्यक्रमका साथ मनाइरहेको नेपाल बैंक बागलुङ शाखाका प्रबन्धक अमृत सेवाले बताउनुभयो । विद्यालय तथा क्याम्पसमा अध्ययनरत युवा विद्यार्थीलाई वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले… पुरा पढौ

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको जैमिनि नगरपालिका ८ बेलवगरमा अन्र्तक्रिया सम्पन्न

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड बागलुङको आयोजनामा बागलुङको जैमिनि नगरपालिका ८ बेलवगरमा केन्द्र प्रमुख र उपप्रमुखको गोष्ठी तथा वित्तीय साक्षरता विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बेलवगर शाखाको आयोजनामा भएको कार्यक्रममा वोल्दै जैमिनि नगरपालिकाका उप प्रमुख हरिहर शर्माले ग्रामिण क्षेत्रका महिलाको उत्थानको लागि महत्वपुर्ण काम गरेको भन्दै महिलाहरुलाई नेतृत्व तहमा पनि लैजान सिवाईसी लघुवित्तले महत्वर्ण भुमिका खेलेको बताउनु भयो। लघुवित्त कार्यक्रमले ग्रामीण भेगका धैरै महिलादिदिबहीनीहरुलाई उद्यमशिलता र आत्मनिर्भर बनाएकोले लघुवित्तको लगानि सदुपयोग गरि उद्यमी बन्न स्थानियलाई आग्रह गर्नु भयो… पुरा पढौ

बागलुङमा सहकारीका बजार व्यवस्थापकहरूको क्षमता अभिवृद्वि तालिम सम्पन्न

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजनमा बागलुङमा सहकारीका बजार व्यवस्थापकहरूको क्षमता अभिवृद्वि सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारीमा कार्यरत बजार व्यवस्थापकहरूको सहभागिता रहेको थियो । तालिममा नेफ्स्कूनका संचालक चण्डीप्रसाद शर्मा पौडेल रनेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले सहकारीका मूल्य सिद्धान्त, बजार प्रतिनिधिको काम कर्तव्य र भुमिका, बजार प्रतिनिधिमा हुनुपर्ने गुणहरु, बजार व्यवस्थापन, बजार प्रतिनिधिले… पुरा पढौ

सिवाइसी साकोस अर्धवार्षिक समिक्ष सम्पन्न, असार मसान्त सम्म संस्थाको कुल सम्पत्ति ३ अर्ब ६ करोड पु¥याइने

बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समिक्ष सम्पन्न भएको छ । २०६६ सालमा स्थापना भएको सहकारीले बचत तथा ऋण सहित विविध सामाजिक क्रियाकलाप गर्दै आएको छ । संस्थाले पुस मसान्तसम्म २४ हजार ४ सय ७८ शेयर सदस्य, ४ हजार २ सय ८ बाल बचतकर्ता, ३९ करोड ७५ लाख ६२ हजार ८ सय शेयर पुँजी, १ अर्व ५१ करोड,६१ लाख ६ हजार ६ सय १९ बचत, १ अर्व ५३ करोड १२ लाख ऋण लगानी, ९ करोड ४५ लाख ५२… पुरा पढौ

सहकारीका बजार प्रतिनिधिलाइ क्षमता अभिवृद्वि तालीम

मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी भन्ने नारा साथ बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आयाेजनमा सहकारीका बजार बयवस्थापकहरूकाे क्षमता अभिवृद्वि सम्बन्धि दुई दिने तालिम बागलुङ सदरमुकाममा शुरू भएकाे छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड नेफ्स्कूनका संचालक तथा जिल्ला बचत संघका अध्यक्ष चण्डीप्रसाद शर्मा ,एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी ,बचत तथा ऋण सहकारी संघका सन्जय कुमार श्रेष्ठले सहकारीका बजार प्रतिनिधिकाे काम र व्यवहार सहकारीका सदस्य मैत्री बनाउन सकेकाे खण्डमा मात्र सहकारीकाे वास्तविक मर्म र धर्म… पुरा पढौ

सिवाइसी साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको १३ औं वार्षिक साधारण अन्र्तगत पौष १ गतेबाट ५ सम्म २५ वटा सेवा केन्द्रमा इकाइगत रुपमा साधारण सभा सम्पन्न गरि बुधबार निर्णय प्रमाणिकरण सभा गरि १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको अवसरमा बोल्दै जिल्ला समन्वय समिति बागलुङका संयोजक अम्मर बहादुर थापाले सिवाइसी साकोसले नेपालमा सहकारी प्रति रहेको बुझाईलाई परिर्वतन गर्न महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । सहकारी नाफामा… पुरा पढौ

सहकारीको माध्यामबाट धेरेको जिवनस्तरमा सुधार भएको छ : नगर प्रमुख श्रेष्ठ

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सहकारीले नागरिकको आर्थिक स्तरोन्नती र आत्मनिर्भर बनाउन महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको ११ र्औ बार्षिक साधारण सभा एवं धितो लिलामी तथा कानुनी प्रक्रिया प्रशिक्षणको उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले सहकारीलाई थप उद्यमशिलतामा समेत जोडिएर सदस्यको आर्थिक उन्नयनमा लाग्न आग्रह गर्नु भयो । ग्रामिण क्षेत्रमा बैंक तथा बितिय संस्थाहरु नभएको अबस्थामा सहकारीको माध्यामबाट धेरेको जिवन स्तरमा सुधार गर्न महत्वपुर्ण भूुमिका खेलेको भन्दै सहकारीको माध्यमबाट आत्मनिर्भर… पुरा पढौ