काठमाडौ / भ्रष्टाचार तथा ठगि धन्दा त्यो पनि सामान्य नागरिकमाथिनै हुनेगरेको छ । यसमा पनि स्वस्थजस्तो संबेदनसिल बिषयमा यस्तो लापरबाही हुनु सोझै जनताको ज्यान लिनु हो ।
सन २०२० मा काठमाडौ बिश्वबिद्धालय, बि पि कोइराला स्वस्थ बिज्ञान प्रतिस्ठान धरान र पाट्न अस्पताल ललितपुरमा अलग अलग MBBS/MS को अलग अलग प्रवेश परिक्षा संचालन गर्दा एउटा् परिक्षार्थीको सट्टा नक्कली परिक्षार्थीले प्रवेश परिक्षा दिएर लगभग ४५ देखि ५० जनाको बिचमा नक्कली कमसल बिद्यार्थी हुन पुगे त्यो भए लगत्तै केही बिद्यार्थीहरुले सम्बन्धित बिश्वबिद्धालय र संस्थान लगायत अन्य अधिकारार प्राप्त संस्था अख्तियर दुरुपयोग अनुसन्धान आयोग टङ्गाल र केन्द्रिय अनुसन्धान ब्यूरो महाराजगन्जमा निवेदन दिएका थिए ।
बिश्वबिद्धालयहरुले यस्को जवाफमा त्यो बिषयलाई छानबिन गर्नबाट पन्छिए भने तत्कालीन CIB का अनुसन्धान अधिकृतहरुको सरुवा भइ गएको हुनाले अनुसन्धान पूरा हुन सकेन ।
फेरि २०२० को अन्ततिर चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परिक्षामा गिरोहले लगभग ४०/४५ जनाको त्यतिकै संख्यामा नक्कली परिक्षार्थीलाई विभिन्न कलेजहरुमा भर्ना गर्न सफल भए । कोरोनाकालको फाइदा उठाउदै भर्ना भएका ब्यक्तिहरु माथी छानबिन गर्न निवेदन पर्दा चिकित्सा शिक्षा आयोगले ती बिद्यार्थीहरुको विवरण CIB ले पटक पटक माग गर्दा कोरोनाको बहाना बनाइ तत्काल बिवरणहरु CIB लाई आयोगले नबुझाउदा छानबिन पूरा हुन सकेन ।
२०२१ र २०२२ मा त्यही सक्रिय बिद्यार्थी संस्थाहरुको सहयोगमा नेपाल् प्रहरीले र CIB ले केहि मात्रामा नक्कली परिक्षार्थी समात्न सफल भएका थिए भने केही आयोगका पदाधिकारीहरुको चलखेल पनि रोकिएको थियो । यसरी सन २०२३ सम्ममा त्यो गलत प्रबिधिको काम धन्दा चलिनै रहयो । चिकित्सा शिक्षा आयोगम नयाँ उपाध्यक्ष डा. अन्जनी कुमार झा को नियुक्ति भए पत्श्चात गलत धन्दा रोकिने आशामा रहेका बिद्यार्थीहरु निराश भएको देखिन्छ । नयाँ उपाध्यक्ष डा. अन्जनी कुमार झा को नियुक्ति पछि त झनै धन्दाले उग्ररूप लिन थालेको छ ।
कन्सल्टेन्सीका दलालहरुलाई आफ्नो कार्यकक्ष लगायत आफ्नो निवास तथा विभिन्न होटलहरुमा बसि बिद्यार्थीको प्रवेश परिक्षा भर्ना, भारतिय बिद्यार्थी भर्ना, मेडिकल कलेजहरुको सिट संख्या निर्धारण लगायत आयोगको निर्देशको नियुक्ति मा सक्रियता देखाएर आदालतको पेशी समेत आयोगका वकिल मार्फत सार्न बदनियतापुर्ण लगाइयो ।
संसदीय समितिबाट ५० बेड भएको पारामेडिकल कलेज लाई नर्सिङ सिट संख्या निर्धारण गरिदिने भनी गराउन लागेको र त्यस्का लागि CTEVT कै कर्मचारी मार्फत पैसा असुली धन्दामा लागि परेको देखिन्छ । संसदीय समितिबाट केही हप्ता ५० बेडमा नै नियुक्ति दिनु भनी निर्देशन आएपछि निज उपाध्यक्षका नजिका केही पात्रहरू पैसा पैसा असुलिमा ब्यस्त छ्न । हालै सम्पन्न स्नातकोत्तर प्रवेश परिक्षा MD/MS परिक्षा पनि निजले चलखेल गर्नबाट पछि हटेनन ।
स्रोतकाअनुसार केही भारतिय परिक्षार्थीहरुलाई A,B,C,D को क्रम संख्या परिक्षा अगाव नै उपलब्ध गराइयो भने केही बिद्यार्थीहरुलाई सात वटा मात्र प्रश्नपत्रको उत्तर दिनु बाकी खाली ठाउँ छोडी आउनु भनी निर्देशन दिए भने नेपाली परिक्षार्थी हरुको हकमा एउटै परिक्षार्थीको २/२ वटा प्रवेश पत्र निकाल्न लगाए । एउटा प्रवेश पत्रमा परिक्षार्थीहरुले परिक्षा दिएर फेल हुने र अर्कोमा पास हुने प्रपन्च रची यसरी विभिन्न तरिकाबाट उठेका प्रश्नप्रती आयोगले अहिले सम्म आफ्नो कुनैपनी बिचारधारा व्यक्त नगरी मौन बसिरहदा बिद्यार्थीहरु सम्बन्धित विभिन्न अनुसन्धान संस्थाहरुलाई निवेदन दिएको हुनाले सम्बन्धित निकायको यसप्रति गम्भीर ध्यानाकर्षण हुन जरुरी देखिन्छ र यस्को उचित छानबिन गरिनु आवस्यक देखिन्छ ।
यसरी पहिला परेका निवेदन माथी आवस्यक कारबाही उचित छानबिन नहुदा विभिन्न मेडिकल कलेजमा अध्यनरत बिद्यार्थीहरुको चेक लिएर दलालहरुले लाखौ मुद्दा हाली असुल गर्दा पनि सम्बन्धित निकायले १७/१८ बर्षको बच्चा बिद्यार्थीले के कति कारणले २५/३० लाखको चेक काटी दिएको कुरा र कारण प्रहरीले छानबिन नगरि दलालहरुको प्रभावमा परि बिना छानबिन मुद्दा चलाएको देखिन्छ । चिकित्सा शिक्षा आयोगको चरम लापरबाहीका कारण आम नागरिकको ज्यान धराप अवस्थामा पुगेको बुझिन्छ ।
चिकित्सा शिक्षा आयोगले भर्खरै मात्र लिएको md/ms परीक्षाकाे हतार हतार रिजत्ट निकाल्ने तयारी भइरहेको स्राेतले बताए ।