आज असार १५, राष्ट्रिय धान दिवस – बागलुङ जिल्लामा ४० प्रतिशत रोपाइ

-


     हिडन खबर    
     असार १५ गते २०७९ मा प्रकाशित


मध्य असारमा आइपुग्दा बागलुङ जिल्लामा ४० प्रतिशत रोपाइ सकिएको छ । खोला छेउछाउ र सिचाइ सुविधा भएका ठाँउमा रोपाई गरिएपनि आकाशे पानीको भर पर्नु पर्ने बाध्यता रहेको जिल्लाको ६० प्रतिशत खेतीयोग्य जमिनमा अझै रोपाई हुन सकेको छैन ।

यश बर्ष छिट्टै मनसुन शुरू भए संगै आकाशबाट पानी पर्न थालेपछि गण्डकी प्रदेशको बागलुङ जिल्लाका कृषकलाइ यतिबेला धान रोप्न भ्याइनभ्याई भएको छ ।

मनसुन शुरू भएदेखि अहिलेसम्म जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिकामा धान खेती हुने ६ हजार हेक्टर खेती योग्य जमिन मध्य अहिलेसम्म ४० प्रतिशत खेतमा धान रोपाइ सकिसकेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए ।

समयमै मनसुन सक्रिय भएपछि जिल्लाको १० वटा स्थानियतहका खोला किनर र तटिय क्षेत्रमा रोपाई भैरहेको हो । जिल्लाको बागलुङ नगरपालिका,काँठेखोला गाउँपालिकाको,गलकोट नगरपालिका, जैमीनी नगरपालिका, ढोरपाटन नगरपालिका,वरेङ गाँउपालिका, वडिगार्ड गाउपालिका लगायतको खोला किनार तथा सिम खेत क्षेत्रमा यतिबेला किसानहरू धान रोप्न ब्यस्त छन् । चैतेधान रोपेको खेतमा धान काटेर सोपाई गरेको बागलुङ नगरपालिका ३ का प्रेम प्रसादत निउरेले बताए । रोपाईको लागि सिचाइ प्रयाप्त भएपनि मलको अभाव रहेको र चर्को मुल्य तिरेर मल ल्याउन परेको नियरेको भनाइ छ ।

जिल्लाका सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो थालिएको छ । अहिले मनसुनले साथ दिएपछि खोला किनारको अधिकांश खेतमा रोपाइँ
भइरहे पनि गाँउका अधिकांस युवा जनशक्ति वैदेशिक रोजागरीमा गएका कारण रोपाई गर्न खेतालाको समस्या रहेको बागलुङ नगरपालिका ३ खहरेका मित्रलाल सापकोटाले बताए ।

जिल्लाको कूल ६ हजार एक सय २२ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । त्यस मध्य २ हजार ६ सय ३५ हेक्टरमा उन्नत र ३ हजार ४ सय ८७ हेक्टर जमिनमा स्थानिय जातको धानखेती हुने गरेको छ ।