काठमाडौं । नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिका–६ स्थित ऐतिहासिक एवं धार्मिक चन्दन भराटेश्वर महादेव मन्दिरमा परिसरमा पूर्वाधार निर्माण हुने भएको छ ।
यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, चन्द्रागिरि नगरपालिका र काठमाडौँस्थित भारतीय राजदूतावासका बीचमा त्रिपक्षीय समझदारी भएको छ ।
सोही समझदारीअनुसार यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी र यहाँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा पूर्वाधार निर्माणको शिलान्यास गरेका हुन् ।
कुल ६ करोड ५ लाख ७ हजार चार सय ६७ लागत रहेको सो परियोजनाका लागि भारतीय दूतावासबाट ४ करोड ३६ लाख ९० हजार सहायता प्राप्त भएको जनाइएको छ । परियोजनाको अवधि २०८२ कात्तिक ११ गतेसम्मे रहनेछ ।
सो अवसरमा चन्द्रागिरि नगरप्रमुख गिरीले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माणपछि दोस्रो चरणमा मन्दिरको पनि कलात्मक जीर्णाेद्धार गरिने जानकारी दिए । उनले भने, “धार्मिक पर्यटन प्रवर्द्धन गर्दै नगरको आर्थिक, सामाजिक विकास एवं आर्थिक समृद्धि हासिल गर्न उच्च प्राथमिकता दिएको छ ।”
नगरप्रमुख गिरिले नगरपालिकाको समृद्धिका लागि वैदेशिक सहयोग भित्रिने क्रम जारी रहेको जानकारीदिदै थानकोटमा जर्मन सरकारको सहयोगमा रु एक अर्बको अस्पताल निर्माण हुने बताए । उनले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माणमा भारतीय दूतावासले आर्थिक सहयोग गरेकामा दूतावासलाई धन्यवाद दिए ।
सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिरमा परिसरमा पूर्वाधार निर्माणको समयमै सम्पन्न गर्न स्थानीय सरोकारवाला नागरिक तथा सङ्घसंस्थाले सकारात्मक सहयोग, निगरानी र अनुगमन गर्नुहुने अपेक्षा लिएको बताए ।
सो अवसरमा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले चन्दन भराटेश्वर महादेव मन्दिरको ऐतिहासिक पक्षका बारेमा चर्चा गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताइन् ।
यद्यपि, चन्दन भराटेश्वर परिसरमा निर्माण हुन लागेको गुरुयोजनाको सम्बन्धमा चन्द्रागिरि नगरपालिका र स्थानीय सरोकारवालाहरूबिच निम्नानुसार सहमति भएपछि आयोजनाको शिलान्यास सम्पन्न गरिएको छ ।
भारतीय दूतावास बाट हुने आर्थिक सहयोग र यहाँ निर्माण हुने संरचना बारे स्थानीय सराेकारवालाले असहमति जनाउँदै आएको कारण काम अगाडि बढ्न सकेको थिएन ।
पटकपटकको छलफल अन्तरक्रिया लगायतका कार्यक्रम पछि चन्द्रागिरि नगरपालिका र स्थानीय बिच लिखित सहमति भएपछि काम अगाडि बढेको छ ।
स्थानीय सरोकारवाला र चन्द्रागिरि नगरपालिकाबिच भएको सम्झौताका बुँढाहरू :
सनातन धर्म पालना गर्ने विभिन्न जातजाती समुदायहरुले रीतिस्थिति, परम्परा, जात्रापर्व र प्रचलन अनुसार उपयोग गर्न सक्ने गरी निर्माण गर्ने ।
ब्लक नं. १४ को भवनलाई साइज बुद्धि गरी बजेट र जमिनको उपलब्धता अनुसार सम्भव भएसम्म ३० फिट गुणा ६० फिटसम्म कायम हुने गरी उक्त भवनको डिजाइन गर्ने र उक्त भवनलाई आवासीय रुपमा प्रयोग नगरी सामुदायिक गुठी भवन र धर्मशालाको रुपमा प्रयोग गर्ने ।
भैरव मन्दिरलाई यथास्थानमा र द्वेउता राख्ने स्थान सामुदायिक गुठी भवन र धर्मशालाको टपमा उपयुक्त स्थानमा परम्परागत शैलीमा बनाउने ।
शौचालयलाई कुण्डको माथिबाट कुनै असर नपर्ने गरी उपयुक्त स्थानमा स्थानान्तरण गरी निर्माण गर्ने ।
मन्दिर वरिपरिका पुरातात्विक बाहेकका भवन तथा अन्य संरचना हटाएर मात्र निर्माण कार्य सुरु गर्ने ।
प्राविधिकबाट माथि लेखिए अनुसारको प्लान निर्माण गर्न लगाउने ।
सो मन्दिर र परिसरको व्यवस्थापनको लागि नगरपालिकाले कार्यविधि बनाउने र स्थानीय तह लगायत स्थानीय समुदायको हक स्थापित हुनेगरी समितिको गठन हुने व्यवस्था मिलाउने ।
गुरुयोजना अनुसारको निर्माण कार्य सञ्चालनमा स्थानीय समुदायबाट सहयो