बागलुङ ,भदौ १७ मानव स्वास्थ्यकाे लाभदायक दाँते आेखर आम उपभोक्ताकाे राेजाइमा परे संगै यसको ब्यापारमा बढेपछि किसानहरू आेखर खेती तर्फ आकर्षित हुदै गइरहेका छन् ।बागलुङका किसानले आेखर खेती बाट नगद आम्दानी गर्न थालेपछि व्यवसायी खेती गर्ने क्रम बढेर जान थालेको छ ।
एक हजार मिटर देखि दुई हजार दुई सय मिटरको उचाईमा ओखर खेती हुने गर्दछ । हाडेओर छिटो उत्पादन नहुने र आम्दानी पनि लिन नसकिने भएपछि किसानले यतिबेला दाते ओखर प्रति आर्कषित बनेका छन ।
किसानको मागलाई मध्यनजर गर्दै प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बागलुङले दाते ओखरका बिरुवा वितरण गर्दै आएको छ ।
किसानलाई प्रत्साहन र उत्पादनमा बृद्धि गर्न चक्दाबन्दी कार्यक्रम अन्तर्गत बिरुवाहरु उत्पादन गरि व्यवसायी खेती गर्न थालिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना प्रमुख नारायण पौडेलले बताउनुभयो ।
पुरानो जातको ओखर छाडेर नया जातको ओखर लगाउने गरि समुह सहकारी र फर्म मार्फत दाते ओखर लगाउन सुरु गरिएको छ । जिल्लामा ८० हेक्टर जमिनमा पुरानै जातको ओखरखेती किसानले गरेपनि अहिले १० हेक्टर क्षेत्रफलमा दाते खोर बिस्तार गरिएको कृषि ज्ञान केन्द्रका सुचना अधिकृत कुमाल पुनले बताए ।
अहिले काठेखोला,बागलुङ नगरपालिका ,तमानखोला , निसीखोला,बरेङ र जैमिनी नगरपालिकाका लेकाली भेगहरुमा ओखर खेती गरिदै आईएको छ । यसरी व्यवसायी रुपमा चक्ताबन्दी रुपमा खेती गर्ने किसानहरुलाई प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले रु १० लाख रुपैया सम्म अनुदान दिदै आएको छ । कृषि ज्ञान केन्द्र र स्थानीय तहले व्यक्तिगत तथा सामुहिक रुपमा ओखर खेती गर्दै आएका किसानलाई दुई हजार बिरुवा सम्म अनुदानका साथै प्राविधिक सहयोगका गर्दै आएको छ ।
अहिले बागलुङ जिल्लामा बाहिर बाट महिनामा लाखौंको
आेखर आयात हुदै आएको छ बागलुङ जिल्लामा उत्पादन भएकाे दाँते आेखर १० प्रतिशत मात्रै बजार धान्ने गरेको छ
बागलुङ जिल्लामा यसलाई अझै बढी उत्पादन गर्न सकेको खण्डमा यसले अर्थतन्त्रमा समेत टेवा पुर्याउन मद्दत गर्ने देखिन्छ ।