बागलुङ /जलवायु मैत्री कृषि धान उत्पादनमा बृद्वि भन्ने नारासाथ असार १५ अर्थात राष्ट्रिय धान दिवस तथा राेपाइ महाेत्सव २०८१ धुमधामका साथ मनाउँदै गर्दा बागलुङ जिल्लामा अहिलेसम्म २० प्रतिशत मात्र धान राेपाई सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र बागलुङको आयोजना जिल्ला कृषि सहकारी संघ लिमिटेड बागलुङको समन्वयमा बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले फाँटमा धान राेपेर दिवस मनाएको छ ।
मनसुन शुरू हुने प्रतिक्षा गरिरहेकाे समयमा आकाश बाट पानी नपरेपनि सिचाइकाे सुविधा भएको बागलुङका किसानले धान रोपाइँ गरेपनि बागलुङ नगरपालिका भित्र भने आकाश बाट ठूलो पानी परेपछि बल्ल धान राेपाइ गर्न
बसेका किसानहरूलाई धान राेप्न सहज भएको छ ।
असार लाग्दै गर्दा किसानहरू रोपाइँमा जति धेरै व्यस्त हुनुपर्ने हाे त्यति ब्यस्त भने भएका छैनन् ।सिँचाइ सुविधा भएका स्थानहरूमा यतिखेर धान रोपाइँ गरिसकेका छन् ।
बागलुङ जिल्लामा अहिलेसम्म २० प्रतिशत खेतीयोग्य खेतमा धान राेपाई सकिएकाे कृषि ज्ञान केन्द्रले जनाएको छ ।
धान दिवस मनाउनु मात्रै ठूलो कुरा नभएर बागलुङ जिल्ला लाई धानमा आत्मनिर्भर बनाउन सकेको खण्डमा मात्र सार्थक हुने जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बताए ।
धान उत्पादन भनेको नेपालकाे उत्पादनकाे आधार भएको हुदा यसलाई बढवा दिएर लाग्नुपर्ने ६० बर्ष पहिला नेपालले
काेरीयामा धान निर्यात गर्ने गरेको इतिहास छ अहिले मात्रै दिवसकाे रूपमा नभएर सार्थक रूपमा उपलब्धि हुने काम गरेर देखाउनु पर्ने अगुवा किसान गंगा थापाले बताए ।
धान दिवसको अवसरमा कृषिको क्षेत्रमा राम्रो काम गर्ने ५ जना किसानलाई नगद प्रमाणपत्र सहित सम्मान गरिएकाे थियो ।कार्यक्रममा धान राेपाई गर्न जिल्ला समन्वय प्रमुख प्रमुख जिल्ला अधिकारी ,सशस्त्र प्रहरी प्रमुख राष्ट्रिय अनुसन्धान प्रमुख जिल्ला कृषिको सहकारी पत्रकार स्थानीय किसानहरू पुगेका थिए ।कृषि ज्ञान सम्बन्धि भजन समेत गायका थिए ।
बागलुङको गलकाेट नगरपालिका ६ मजुवा फाँटमा यतिखेर धान रोपाइँ सुरु भएको छ । यहाँ असार नलाग्दै धान रोपाइँ सुरु हुन्छ । राम्रो सिँचाइ सुविधा भएको यस फाँट जिल्लाकै धेरै धान उत्पादन हुनेमा क्षेत्रमा पर्दछ ।
१२ महिना सिचाइकाे सुविधा भएको ठाउँ गलकोटको मजुवा, आँगा खेत, बाह्रमुरीलगायतका फाँटमा रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र केन्द्र बागलुङले जनाएको छ ।
यस क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएको कुलाले यहाँको फाँटमा सिँचाइ सुविधा पुगेको छ ।बागलुङको गलकोट सहित कुश्मीसेरा, खरबाङ, निसी, बुर्तिबाङ लगायतका स्थानमा असारको पहिलो हप्ताभित्रै धान रोपाइँ सकिने गर्दछ ।
यसपटक मनसुन छिटो शुरू हुने भनिएपनि अहिलेसम्म आकाश बाट पानी नपर्दा आकाशे पानीको भरमा खेती किसानी गर्ने ठाउँमा भने धान राेपाइ शुरू गर्न गार्हो परेको छ ।