इन्द्र बहादुर क्षेत्री बागलुङ जैमिनी ४ हाल बेल्जियम
कतारसँग कालो सून ( तेल ) छ,नेपालसँग सेतो सून ( पानी ) छ । कतारसँग जनशक्ति छैन,हामीसँग प्रयाप्त जनसँख्या र ४५ वर्ष मूनिको बहूसँख्यक तरूण जनशक्ति छ । कतारसँग उब्जाउ भूमी छैन,हामीसँग विविधतापूर्ण उब्जाउ भूमी छ । कतार मरूभूमीको देश हो,नेपालसँग तीन खालको उचाइ हिमाल,पहाड,तराइ र तिनै खालको हावापानी छ । कतारको तेल निश्चित समय पछि सकिने छ,नेपालको पानी हिमाल रहेसम्म रहिरहने छ । अनि के खाएर कतार धनकुवेर भयो र हामी कङ्गाल हुनु पर्यो ? मननीय छ ।
एउटा तत्व कतारसँग थियो र छ त्यो हामीले लात हानेर भगायोँ । त्यो हो पूँजी र प्रविधिले युक्त अमेरिका । भारत स्वतन्त्र हुनासाथ नेपालमा दुतावास खोलेर अमेरिकाले नेपाल बनाउने जोश,जाँगर र इच्छा राखेको थियो । सातसाले क्रान्तिले त्यो जोश,जाँगर र उत्साहमा पानी फेरिदियो । सात सालको परिवर्तनले राणा शासन मात्र खतम गरेको हैन,राणाहरूले बुद्धिमत्तापूर्ण ढङ्गले उन्नत पश्चिमसँग बिकसित गरेको सुमधुर सम्वन्धलाइ पनि सेबोटेज गरेको हो ।
बिपिहरू नेहरू,लोहियाका पछि लागेर र कम्युनिष्टहरू माउ,स्टालिनको पछि लागेर देशलाइ असंलग्न नामको अँध्यारो सुरुङमा हाले पछि अमेरिकाको योजना माथि तुषारापात भएको हो । पश्चिम युरोप,जापान,कोरिया,ताइवान,सिङ्गापूर र मध्यपूर्वमा जोरसोरका साथ बिकाश कार्यक्रमहरू अघि बढाइरहेको अमेरिकाले उत्तर तर्फबाट भैरहेको हस्तक्षेपलाइ मत्थर पार्न नेपाललाइ पनि अाधुनिक र बलियो बिकसित राज्यको रूपमा बिकसित गर्ने मन्सुबा राखेको थियो । त्यो स्वर्ण अवसरलाइ क्याश गर्नुको सट्टा नेपालले ठीक उल्टो मार्ग अवलम्वन गर्न पुग्यो । खास गरेर बिेदेश सम्वन्ध र भूराजनीतिमा सातसाले क्रान्तिले घातक भाष्य स्थापित गर्यो ।
भर्जिन नेपाललाइ बिकाश गर्न अत्यावस्यक प्रजातन्त्र,पूँजी र प्रविधिले सम्पन्न अमेरिकी एलायन्सबाट टाढा भाग्नको लागि नेहरू,टिटोहरूले गठन गरेको असंलग्न अान्दोलनको पछि लागेर नेपालले अाफ्नै खुट्टामा बञ्चरो हानेको थियो । त्यसैको परिणाम हो सम्वत २०५० सम्म हाम्रो सेतो सून अर्थात जलश्रोत भर्जिन नै रह्यो । ८४ हजार मेगावाट क्षमता रहेको नेपालले २०५० सम्म २३५ मेगावाट विध्युत उत्पादन गरिरहेको थियो । त्यस अवधिमा विश्वले जलश्रोतको उपयोग सकाएर न्युक्लीयर फिसन इनर्जीमा छलाङ हानिसकेको थियो । उपयोगी साझेदारीको अभावमा अर्थतन्त्रका सबै क्षेत्रमा कमोबेश यहि हालतमा नेपाल अल्झियो । राजा र कम्युनिष्टहरूले चीनको चाकडी घर घर सम्मै पुर्याएर पश्चिमा लगानी भगाउन त सफल भए तर अर्थतन्त्रको बिकासमा चीनको साझेदारी अाकर्षित गर्न शत प्रतिशत असफल रहे । सँसारले १०० वर्ष अघि नै सम्पन्न गरेको कान्ला अोधारेर बाटो खन्ने काम नेपालले बल्ल गर्दै छ ।
यथार्थमा नेपाली काँग्रेस भूराजनीतिमा नेहरूको पछि लाग्नुपर्ने कुनै कारण थिएन । भर्खरै बेलायतको उनिवेशबाट मुक्त भएको हुँदा नेहरूका नीतिहरू बेलायत अर्थात पश्चिमा बिरोधी हुनु र मार्क्सवादी फिलोसफिका कारण नेपालका कम्युनिष्टहरू अमेरिका बिरोधी हुनु स्वभाविक मानिए पनि बि पि कोइरालाले प्रजातान्त्रीक र फ्री वर्ल्डको पक्षधर पाश्चात्य जगत प्रति पूर्वाग्रह राख्नु अनुचित थियो भन्ने कुरा प्रष्ट छ । ०१७ साल पछि राजाले यसैलाइ अाफ्नो निरङ्कुश सत्ता टिकाउने हतियारको रूपमा प्रयोग गरेबाट पनि नेपालले लिएको असंलग्न नीति उपयुक्त थिएन भन्ने प्रमाणित हुन्छ । असंलग्न परराष्ट्र नीति निरङ्कुश र तानाशाही व्यवस्थाको माइ डीयर नीति हो तर डेमोक्रेसीको ग्लोबल सिग्निफिकेण्ट र रेस्पोन्सिबिलिटी हुन्छ ।
प्राकृतिक श्रोतको दोहनमा पार्टनरशीप,पूँजी र प्रविधिको कति महत्व हुने रहेछ भन्ने कुरा दक्षिण अमेरिकी छिमेकी देशहरू भेनेजुएला र गयानाको उदारहणबाट प्रष्ट हुन्छ । भेनेजुएलाले तेलमा बैदेशिक लगानी प्रतिवन्ध लगाएर राष्ट्रियकरण गरेपछि ४ लाख प्रतिशत मुद्रास्फिति,गरिवी र अभाव भोगिरहेको छ भने गयानाले तेलमा बहूराष्ट्रिय लगानी मार्फत वार्षिक ४८ प्रतिशतको ग्रोथ हाँसील गरिरहेको छ ।
प्राकृतिक श्रोतको दोहनका अलावा देश अघि बढ्ने उध्योग र ब्यापारले हो । उत्पादन र ब्यापारको लागि सप्लाइ चेनको जरूरत पर्दछ । समुद्रसँग पहूँच नभएको अवस्थामा नेपालको ब्यापार भारतमा निर्भर गर्छ । सात साल पछि वामपन्थी र राजाले भारत बिरोधी सेण्टिमेण्ट प्रमोट गरे । अहिले भारत र पश्चिमको बिरोध नेपालको नेशनल न्यारेटीभको रूपमा स्थापित भएको अवस्था छ । जसले नेपालको उध्योग र ब्यापारमा बारम्बार अवरोध सिर्जना गरिरहेको छ । निकासी, पैठारीमा झँझावत र नाकाबन्दीहरू यहि न्यारेटीभका प्रतिफल हुन् । यसरि सेतो सून सित्तैमा बगाइरहेको प्रकृतिको धनी देश नेपाल लसूनको लागि तड्पिने र मरूस्थलको देश कतार समृद्धिको शिखर चुम्ने अवस्थामा पुगेका हुन् । नेपालले भूराजनीति र परराष्ट्र नीतिमा तुरून्तै प्याराडाइम शिफ्ट नलिने हो भने कतारका राजाको मात्र हैन स्वाजिल्याण्डका राजाको पनि यसरि नै स्वागत गर्ने स्थितिमा पुग्ने छ । नेपालले असंलग्न परराष्ट्र नीतिको परित्याग र प्रजातान्त्रीक फ्री वर्ल्डसँग एलायन्स गर्न ढिलो भैसक्यो ।