कृषि

विदेशबाट फर्किएर ड्रागन फ्रुट खेती

पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका हुन् । कोरियामा चार वर्ष बिताएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लागेका हुन् । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूलखेती सुरु गरेका छन् ।उनले रु २० लाख लगानीमा केही बाँझो र केही कोदो र… पुरा पढौ

सरकारले क्षतिको विवरण संकलन गरी किसानलाई राहत दिने

सरकारले बाढी र डुवानबाट क्षति ब्यहोरेका किसानलाई उचित राहत दिने जनाएको छ । निरन्तरको बर्षाका कारण देशभर बाढी र पहिरोले किसानको भित्र्याउने बेलाको धानबालीमा ठूलो क्षति क्षति पुर्याएपछि सरकारले यस्तो निर्णय गरेको हो । बुधबार बसेकाे मन्त्रिपरिषदको आकस्मिक बैठकले अन्नबालीमा भएको क्षतिको विवरण संकलन गरि उचित राहत व्यवस्था गर्ने निर्णय गरेको हो । सरकारले बाढी र पहिरोका कारण ज्यान गुमाएकाका परिवारलाइ २ लाख राहत दिने निर्णय गरेको छ । पुरा पढौ

माछापुच्छ्रे एकता दुग्ध उत्पादक सहकारीको प्रथम अधिवेशन,अध्यक्षमा अधिकारी

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा रहेको माछापुच्छ्रे एकता दुग्ध उत्पादक सहकारी संस्था सञ्चालक समितिको अध्यक्षमा लेखनाथ अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । ‘हाम्रो प्रतिवद्धता सम्पुर्ण किसानहरुको एकता’ भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३, घाचोकको साविक वडाहरु ५,६,७,८ र ९ का अतिविपन्न, दलित तथा सिमान्तकृत किसानहरुको जीवनस्तर उकास्ने उदेश्यका साथ शुरु भएको सो सहकारीको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले शनिबार अधिकारीको अध्यक्षतामा ११ सदस्सीय सञ्चालक समिति चयन गरेको हो । सहकारीको सचिवमा पदम नेपाल र लेखा समिति… पुरा पढौ

जापानबाट फर्केका घर्ती दम्पतीले ताराखोलामा सुरू गरे व्यावसायिक कालिजपालन

कोरोना सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थालेका छन् । ताराखोला गाउँपालिका-२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । लामो समय वैदेशिक रोजगारीका क्रममा जापानमा बसेका घर्ती दम्पतीले अहिले गाउँमै दुई सय २५ वटा कालिज पालेर व्यवसाय सुरु गरेका छन् । पाँच रोपनी जग्गामा नुवाकोटबाट उन्‍नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालेको उनको भनाइ छ । ‘साढे ५ वर्ष जापानमा आफ्नो पसिना बगाए… पुरा पढौ