
नेपाल नेत्रज्योती सघं बागलुङको १० औं जिल्ला सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै नेपाल नेत्रज्योती सघंका केन्द्रिय अध्यक्ष प्रा.डा. चेतराज पन्तले हरेक नागरिकको दृष्टि सम्बन्धी समस्या पहिचान गरि उपचार गर्ने दायित्व नेत्रज्योती संघ संग रहेको बताउनु भएको छ । पन्तले नेत्र ज्योती सघंले बिद्यमान चुनौतीको सामना गर्दै जनता लाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल नेत्रज्योती सघंका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश सभापति प्राःडा. डिल बहादुर क्षेत्री, केन्द्रिय सचिव हरिप्रसाद पौडेल, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, निवर्तमान नगरप्रमुख जनकराज पौडेल, नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्य, नेपाल नेत्र ज्योती सघंका निवर्तमान सभापति ध्रुर्व बहादुर केसी, संस्थापक सभापति देब बहादुर श्रेष्ठ, नेपाल नेत्रज्योती सघं म्याग्दी शाखा सभापति अमर बानिया र आजिवन सदस्य ईन्द्र कुमारी आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेत्र ज्याती संघले संचालन गरेको धौलागिरी आँखा अस्पतालको बारेमा अस्पतालका व्यवस्थापक विनम लामिछानेले जानकारी दिनु भएको थियो ।
कार्यक्रममा संस्थामा महत्वपुर्ण योगदान पुर्याउने संस्थापक अध्यक्ष देबबहादुर श्रेष्ठ,पद्यमचन्द्र राजभण्डारी, पर्शुराम श्रेष्ठ, निवर्तमान सभापति ध्रुर्व बहादुर केसी, पूर्व सभापति मुरारीदत्त शर्मा लगायतलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कार्यक्रम नेपाल नेत्रज्योती सघं बागलुङ शाखाका सभापति भरत पुरीको अध्यक्षता, उप–सभापति बिन्दुसागर राजभण्डारीको स्वागत र सचिव बालकृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो । साधारणसभाले सचिव बालकृष्ण शर्मा र कोषाध्यक्ष लक्ष्मण शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।
१० औ जिल्ला सभाबाट नयाँ नेतृत्व चयन हुनेछ । नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्ने भनिए पनि आकांक्षी धेरै भएकोले मिलाउने प्रयास भैरहेको छ।







