ट्राफिक सप्ताहको छैठौं दिन बागलुङमा रक्तदान, चालकको स्वास्थ्य र सवारी मेकानिकाल परिक्षण

-


     हिडन खबर    
     वैशाख ३० गते २०८० मा प्रकाशित


बागलुङमा जारी ट्राफिक सप्ताह अन्तरगत छैठौं दिन विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । ट्राफिक सप्ताहको छैठौ दिन शनिबार बिहान बागलुङमा रक्तदान गरिएको छ । नेपाल रेडक्रस सोसाईटी बागलुङको सहकार्यमा रक्तदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख मिन बहादुर खड्काले जानकारी दिनुभयो । धौलागिरी अस्पताल अगाडी रक्तसंचार केन्द्रमा सुरक्षाकर्मी, रेडक्रसकर्मी लगायत उद्योगी व्यापारी गरी २६ जनाले रक्तदान गरेका थिए ।
सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्यले रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने महत्वपुर्ण माध्यम रक्तदान भएकाले धौलागिरी अस्पतालमा रगतको कमी हुन नदिन रक्तदानले सहयोग पुग्ने बताउनुभयो । उहाँले विश्वरेडक्रस दिवसको अवसर पारेर जिल्लामा आयोजना गरिएको साप्ताहिक कार्यक्रम अन्र्तगत रक्तदान गरिएको बताउनुभयो ।
यसैबिच बिहान रक्तदान कार्यक्रम सम्पन्न गरेको ट्राफिक प्रहरी कार्यालयले दिउसो प्रसिद्ध कालिका भगवती मन्दिर प्रवेशद्धार घुम्तीमा चालह सहचालकको स्वस्थ्य परीक्षण तथा सवारीको मेकानिकल परिक्षण गरिएको थियो । सो अवसरमा बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनाल, विष्णु प्रसाद शर्मा लगाएतको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । त्यस्तै नेत्र ज्योती संघ, धौलागिरी आँखा अस्पताल बागलुङका नेत्र विशेषज्ञ विनम लामिछाने लगाएतको टोलीले आँखा परीक्षण गरेका थिए । ७६ जनाको आँखा मध्ये १३ जना लाई निशुल्क चस्मा वितरण गरिएको थियो । यातायातत व्यवस्था कार्यलय बागलुङका मेकानिकल सविना पुनले सवारीको मेकानिकल जाँच गर्नु भएको थियो । सो अवसरमा नेत्र ज्योती संघ बागलुङका सभापति भरत पुरीले ट्राफिक नियमको महत्व र त्यो पालना नगर्दा हुने संभावित क्षतिका वारेमा जानकारी दिर्इ ट्राफिक सचेतना कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रम बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालको अध्यक्षता र ट्राफिक प्रहरी कार्यलय बागलुङका प्रमुख मिन बहादुर खड्काको संचालनमा सम्पन्न भएको थियो ।
यसबाहेक ट्राफिक प्रहरीले नियमित चेकजाँचमा कडाई, पर्चा पम्प्लेट वितरण र चालक बिद्यार्थी लगायत सरोकारवाला लाई ट्राफिक नियम बारे सचेतनामुलक प्रशिक्षण दिईरहेको छ ।