
बागलुङ जिल्लामा ट्राफिक जनचेतनामूलक कार्यक्रम सप्ताह ब्यापी रूपमा चलिरहेको छ । दिनहुँ जसो हुने सवारी दुर्घटनाबाट सवारी चालकको मृत्यु तथा शरीर अंगभंग हुने गरेको घटनालाई न्युनिकरण गर्न ट्राफिक जनचेतनामूलक कार्यक्रम भइरहेको हाे ।
ट्राफिक सप्ताको तेस्रो दिन बाटो कसरी वारपार गर्ने भन्ने बारे जनचेतना जगाउन पर्चा पम्प्लेट वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्लामा रहेका सबै सामाजिक संघ संस्था सँगको सहकार्यमा शुरूवात गरेको ट्राफिक सप्ताह अन्तर्गत सवारीसाधन साधन चलाउने चालकले
पालना गर्नुपर्ने नियमको स्टिकर सवारीसाधनमा टाँसेर ट्राफिक नियम पालना गर्न अनुरोध गरेका थिए ।
ट्राफिक सप्ताहको अवसरमा चोक चोकमा ट्राफिक प्रहरीसँगै स्वयंसेवक परिचालन गरि जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने, पैदल यात्रुलाई बाटो काट्न सिकाउने, खाल्डाखुल्डी पुर्ने, ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने स्टिकर टाँस, मास्क वितरण गर्ने र हुटमा बसेर यात्रा गर्ने यात्रुहरुलाई प्रशिक्षण दिइरहेकाे जिल्ला ट्राफिक कार्यालयका प्रमुख मिन बहादुर खड्काले बताए ।
ट्राफिक सप्ताहकाे तेस्रो दिनको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका राजाराम खड्का एभिन्युज खबर संवाददाता राजेशचन्द्र राजभण्डारीले ट्राफिक नियमको पालना गर्नु सबैको हितमा भएको हुदा यसलाई सधैं भरि पालना गर्न अनुरोध गरेका थिए ।कार्यक्रम संचालन जिल्ला ट्राफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले गरेका थिए । ट्राफिक प्रहरीले जेब्राक्रस बाट बाटो काट्न सिकाउनुका साथै सर्वसाधारण लाई मास्क समेत बितरण गरेको थियो ।
सप्ताहको अवसरमा चालक र परिचालकलाई प्रशिक्षण गरि सडकमै सवारी चालकलाई परिचालकलाई प्रशिक्षण दिने र पोशाक प्रयोग जुत्ता लगाएको नलगाएको ओभरटेक गरे नगरेको सम्बन्धि प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।


