गर्भवती महिलालाई स्वास्थ संस्थामा ल्याउन महिलाको फाेटाे फ्रेम झुण्डाउने ब्यवस्था

-


     राजेशचन्द्र राजभण्डारी    
     वैशाख २६ गते २०८० मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी

सरकारले स्वास्थ संस्थामा ४ पटक गर्भवती जाँच गर्ने महिलालाई भत्ता दिने ब्यवस्था गरेपनि त्यो कुरा प्रभावकारी हुन सकेको देखिदैन ।स्वास्थ संस्थामा गर्भवती चेकजाँच गर्न आउने महिलाको फ्रेम सहितको फाेटाे बनाइ त्यसमा गर्भवती जाँच कुन कुन समयमा गर्ने भन्ने कुरा लेखेर दिने निति बनाउन शुरू गरेको छ ।

गर्भवती महिला सुरक्षित रूपमा गर्भ जाँच गर्न आउने कम भएकाे भन्दै अबदेखि पहिलोपटक स्वास्थ केन्द्रमा आउने महिलाको फाेटाे फ्रेममा सबै नियम लेखेर दिने निति बनाउन थालेको छ ।

स्वास्थ्य कार्यालय बागलुङकाे आयोजना बुद्व हेल्थ प्राेमाेशन एण्ड एजुकेसन सेन्टरकाे समन्वयमा परिवार योजन ,सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्थानीय तह संग मिलेर आमा गर्भवती भएको आमाकाे फाेटाे खिचेर उपहार दिने योजना बनाएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रविण शर्माले बताए ।

अहिले सुरक्षित रूपमा बच्चा जन्माउनका लागि सकेसम्म सुविधा सम्पन्न अस्पतालमा जाने गरेको कारणले पनि स्वास्थ केन्द्रहरूमा सुत्केरी हुनेको संख्या कम देखिएको हुन सक्ने हुदा यसतर्फ पनि साेच्न जरुरी रहेको पब्लिक हेल्थ नर्स सिमा कुवँरले बताए ।

नेपालले राखेको दिगो बिकास २०३० सम्ममा लक्षमा पुग्नका लागि अहिले भइरहेको कुरा पूरा गर्दै लैजानुपर्छ अझ धेरै मेहनत गर्नु पर्ने अवस्थामा रहेको धाैलागिरि अस्पतालका स्त्री तथा प्रसुती राेग बिशेषज्ञ डाक्टर बिजय वझाले बताए ।

परिवार योजना सुरक्षित मातृत्व महिला गर्भवती नहुदा सम्म त्यसलाई ध्यान राखि सबैले आआफ्नो क्षेत्र बाट सहयोग गर्न सकेको खण्डमा अहिले भइरहेको कुरामा सुधार गर्न सकिने राष्ट्रिय स्वास्थ शिक्षा सुचना केन्द्रले जनाएको छ l

अहिले नेपालकाे जनसंख्या माइनसमा गइरहेको यो सकारात्मक पक्ष नभएकाे त्यसको पछाडि वैदेशिक राेजगार ढिलाे बच्चा जन्माउने कारण हुन सक्ने बुद्व हेल्थ प्रामाेशन परियोजनाका लक्ष्मी नारायण देवले बताए ।

देश संघीयतामा गएपछि गाउँ घरमा भएका स्वास्थ संस्था स्थानीय सरकारको मातहतमा गएपनि गर्भवती भएदेखि सुरक्षित रूपमा बच्चा नजन्मदा सम्म गर्भवती महिला स्वास्थ केन्द्रमा आउनुपर्छ भन्ने कुरा थाहा भएपनि त्यसलाई बेवास्ता गर्दा सरकारले खाेजेकाे लक्ष पूरा हुन सकेको छ‌ैन ।

अहिले पनि स्वास्थ्य संस्थाका नियम बेवास्ता गर्दा गर्भवती महिला तथा नवजात शिशुको अकालमा मृत्यु हुने गरेको देखिन्छ ।सरकारले गर्भवती महिलाले ४ पटक गर्भ जाँच गरेको खण्डमा भत्ता दिने निति बनाएपनि अझैसम्म त्यो पुर्ण रूपमा पालना भने भएको देखिदैन ।यसलाई गाउँ गाउँमा सचेतना मुलक ढंगले प्रचारप्रसार गर्न सकेको खण्डमा केही सुधार आउने देखिन्छ ।स्वास्थ मन्त्रालयले पहिला ४ पटक गर्भवती जाँच गर्नुपर्ने निति परिवर्तन गरि अबदेखि ८ पटक गर्नुपर्ने बनाएको छ ।
सरकारले घरमा बच्चा जन्माउन नपाउने स्वास्थ केन्द्रमा नै जन्माउनु पर्ने भनेपनि स्वास्थ संस्थामा
दक्ष स्वास्थ्यकर्मी नबस्दा गाउँ गाउँ बाट प्रसुतिका लागि सदरमुकामका अस्पताल आउनु पर्ने बाध्यता भने कायमै रहेको देखिन्छ ।