
रगतको अभाव हुन नदिने उदेश्यले नेपाल रेडक्रस सोसाइटी बागलुङले बिश्व रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गरेको छ । कुनै बिरामीको रगत अभावका कारण मृत्यु हुन नपरोस भन्ने उदेश्यले सामाजिक संघसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमले धेरैलाई राहत मिल्दै आएको छ ।
मे ८ तारिक अर्थात विश्व रेडक्रस दिवस रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै रेडक्रस दिवस रक्तदान गरेर मनाइयो ।
विश्व रेडक्रस दिवस संस्थापक हेनरीको सम्झना गर्दै विभिन्न नाराका साथ रेडक्रस दिवस विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै बागलुङमा रगतको कमि हुन नदिनका लागि जिल्लामा सप्ताह ब्यापी रूपमा कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्य बताए ।
नेपाल रेडक्रस सोसाइटीले बागलुङमा रगतको अभाव हुन नदिन २०५३ सालदेखि रक्तसञ्चार केन्द्र स्थापना गरेर मानवीय काम गर्दै आएको
जिल्लामा धेरै भएको रगत पोखरा पठाउने गरेको नेपाल रेडक्रसका निर्वतमान सभापति जब्बर बहादुर लामिछानेले बताए ।
सामाजिक संस्था लियो क्लबले समेत मानवीय काम गर्ने गरेको परिपेक्षमा आफुहरूले पनि रेडक्रसले गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्न पाउँदा खुशी लागेको लियो क्लबका सदस्य रूपा नेपाली बताए ।
जिल्लामा लायन्स क्लब जेसिज लियो क्लक लगायतका सामाजिक संघसंस्थाहरूले बेलाबेलामा रक्तदान कार्यक्रम गरेर रगत अभाव हुन नदिने काम भइरहेको रक्तसञ्चार केन्द्र बागलुङका गुरुदत्त शर्माले बताए ।
बागलुङ जिल्लामा रहेको धौलागिरि अस्पतालमा उपचार गर्न आउने बिरामी लाई आवश्यक पर्ने रगत अस्पतालमा डाइलासेस गर्नुपर्ने बिरामी लाई चाहिने रगत यस्तै सामाजिक संघसंस्थाले गरेको रक्तदान बाटै पुग्ने गरेको छ ।
रक्तसञ्चार केन्द्रले बागलुङ जिल्लामा खपत नभएको रगत गण्डकी अस्पताल पोखरा पठाएर सहयोग गर्ने गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको रक्तदान कार्यक्रममा सामाजिक संस्था पत्रकार बिद्यार्थी लगायतका १७ जनाले रक्तदान गरेका थिए ।स्वतस्फूर्त रूपमा रक्तदान गर्ने रक्तदाता लाई प्रसंसा पत्र समेत प्रदान गर्न थालेपछि जिल्ला रक्तदान गर्नेहरू बढ्दै जान थालेका छन् ।
नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्यको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा स्वागत नेपाल रेडक्रस सोसाइटीका निर्वतमान सभापति जब्बर बहादुर लामिछाने संचालन नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष जीवन नाथ शर्माको संचालनमा सम्पन्न भएको थियोे ।कार्यक्रम रक्तदान गर्ने ब्यक्तिहरूलाइ प्रसंसापत्र प्रदान गरिएको थियो ।



