
सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङका कर्मचारीहरुको लागि दुई दिने क्षमता विकास तालिम सुरु भएको छ। सहकारीले कर्मचारीहरुमा व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्नुका साथै सहकारीमा सुशासन कायम गर्नु क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको हो । तालिम उद्घाटनको अवसरमा बोल्दै सस्थाका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले दक्ष कर्मचारी विना वित्तिय सस्था सुदृढ हुन नसक्ने भएकोले कर्मचारीमा दक्षता अनिवार्य रहेको बताउनु भयो । सहहकारीलाई वित्तीय रुपमा सक्षम र सुशासनका हिसावले प्रभावकारी रुपमा सञ्चालनका लागि सहकारी सचेतना आवश्यक रहेको बताउनु भयो। कार्यक्रममा सहकारीका सहसचिव सुवास आचार्यले मनतव्य व्यक्त गर्नु भएको थियो ।
दुई दिन सम्म संचालन हुने तालिममा वित्तीय शिक्षा, सहकारी सिद्धान्त र सहकारीमा गर्नु पर्ने काम कर्तव्यका बारेमा प्रशिक्षण दिइने छ । ४० कर्मचारी सहभागि तालिममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत प्रेमनाथ वाग्लेले सहजीकरण गर्ने जनाईएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षता सल्लाहकार तथा शिक्षा समितिका संयोजक सिता शर्माको स्वागत र शिक्षा समिति सदस्य विरबहादुर किसानको संचालनमा सम्पन्न भएको थियो ।


