उपचार पछि ३० जना बहिरा बिद्यार्थीले कान सुन्न थाल्यो

-


     राजेशचन्द्र राजभण्डारी    
     वैशाख २१ गते २०८० मा प्रकाशित



जन्मदेखि कान नसुन्ने बहिरा बालबालिकाले जिल्ला मै निशुल्क उपचार पाएपछि कान सुन्ने मात्र हैन बिस्तारै बाेल्न समेत थालेका छन् । बागलुङ सदरमुकाममा रहेको धाैलागिरि बहिरा आवासीय बिद्यालयमा अध्ययनरत २० जना बिद्यार्थी यतिबेला कान सुन्न र बाेल्न थालेपछि खुशी भएका छन् ।

बागलुङको धाैलागिरि बहिरा आवासीय बिद्यालयमा भएको स्वास्थ शिविर पछि जन्म देखि कान नसुन्ने बहिरा बिद्यार्थीहरूले उपचार पाएपछि कान सुन्ने मात्रै हैन बाेल्न थालेका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचा‌ैर अवस्थित धाैलागिरि बहिरा आवासीय बिद्यालयमा धाैलागिरि एकीकृत ग्रामीण विकास केन्द्र( डिआइआरडिसी )बागलुङ सामुदायिक सेवा केन्द्र चितवनको आयोजनामा बच्चा र कान नेदरल्यान्डकाे सहयोगमा भएको स्वास्थ शिविर मार्फत बिद्यार्थीले कान सुन्न थालेको डिआइआरडिसिका निर्देशक शालिकराम शर्माले बताए ।

कानमा मेसिन लगाइ सकेपछि कान सुन्न थालेको छ जुन सबैभन्दा ठूलो उपलब्धि भएको अहिलेसम्म कानको जाँच गर्नुपर्छ भन्ने समेत थाहा नभएका अवस्थामा ३० जना बिद्यार्थीले कान सुन्न थालेको सामुदायिक सेवा केन्द्र चितवनका पुजा गिरिले बताए ।

कायन नेयर वीइनकाे सहयोगमा कान नसुन्ने बच्चाहरूले अहिले उपचारपछि कान सुन्न सक्ने भएका छन् मान्छेको लागि सबैभन्दा महत्त्वपूर्ण बिषय भएको धाैलागिरि बहिरा आवासीय बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए ।

बिद्यालयमा भएको स्वास्थ्य उपचारपछि बहिरा बालबालिकाले कान सुन्ने केही कुराहरू बाेल्न थालेको तर शब्द बुझ्न भने केही समय लाग्ने भएपनि यो ठूलो उपलब्धि भएको सराेकारवाले बताए ।

बागलुङ सदरमुकाममा रहेको बहिरा बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरूलाई कायन नेय वीइन नेदरल्यान्डकाे सहयोगमा ३० जना बहिरा बिद्यार्थीले उपचारपछि कानमा कानमा एयरफाेन लगाएपछि सुन्ने र बाेल्न थालेका छन् ।।९ जना बहिरा बिद्यार्थीकाे भने कानको अप्रेसन गर्नुपर्ने भएको छ ।

जन्मजात कान नसुन्ने अरूको सहायतामा हिड्ने दुल्न बाध्य भएका बहिरा बिद्यार्थि लाई सडकमा यात्रा गर्दा सवारीसाधन लगायत केही पनि आवाज नसुन्दा दुर्घटनाको जाेखिममा पर्दै आएका थिए ।अहिले बिद्यालयमा भएको कानको क्याम पछि निशुल्क उपचार पाएपछि बहिरा बिद्यार्थीले नयाँ जीवन पाउनुका साथै बिद्यालयमा अध्ययन गर्न समेत सहज भएको छ ।

बिद्यालयका ३ सय जना बिद्यार्थी अभिभावक लाई ११ दिनसम्म भएको कान परिक्षण शिविर मार्फत ५४ जना
सराेवर यन्त्र मार्फत सुन्न सक्ने अवस्थामा पुगेको ९ जनाको चितवन मेडिकल कलेजमा अप्रेसन हुने भएको छ ।अहिले परिक्षण गरिएको मध्य ३० जना कान सुन्ने अवस्थामा पुगेको छ ।

सांकेतिक भाषामा दाेभासेकाे सहायतामा कुरा गर्दै आएका बालबालिकालाई भाषा सिक्न र बुझ्न स्पिज थेरापिकाे आवश्यक पर्ने हुदा अब बिद्यालयले त्यसको ब्यवस्थापन गर्न जरुरी देखिन्छ ।