
बागलुङ नगरपालिका वडा नम्बर ५ काे आयोजना नेत्र ज्याेती संघ बागलुङ धाैलागरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा एक दिने आँखा शिविर सम्पन्न भएको छ ।
कार्यक्रममा पुर्व उर्जा राज्यमन्त्री रामजी प्रसाद शर्माले आँखा मान्छेको जीवन महत्त्वपूर्ण अंग भएको हुदा यसलाई सधैं सुरक्षित राख्नु पर्ने मात्र नभइ बेलाबेलामा यसको परिक्षण समेत गर्नुपर्ने धारणा राखेका थिए ।
नेत्र ज्याेती संघ बागलुङका अध्यक्ष भरत पुरीले धाैलागिरि आँखा अस्पतालले नियमितरूपमा सेवा दिदै आएको गाउँ गाउँमा शिविर मार्फत जनताको आँखा उपचार जुनसुकै बेला गर्न पनि तयार रहेको बताए ।जनताको आँखाकाे उपचार गर्ने कुरामा स्थानीय तह लगायतका सामाजिक संघसंस्था संग सहकार्य गरेर काम गर्न तयार रहेको अध्यक्ष पुरीले बताए ।
बागलुङ नगरपालिका ५ मालिकामा भएका शिविरमा जेष्ठ नागरिक महिला बालबालिका अपंगता भएका १९३ जनाको आँखा गरेका थिए ।शिविरमा आँखा जाँच गरेका मध्य ३ जनाको आँखाकाे अप्रेसन गर्नुपर्ने भएको छ ।शिविरमा आँखा जाँच गरेका ब्यक्तिहरूलाई आवश्यकता अनुसार चश्मा र आैषधी निशुल्क वितरण गरिएको थियोे ।शिविरमा धाैलागिरि आँखा अस्पताल बागलुङका नेत्रराेग बिशेषज्ञ बिनम लामिछाने सहितको प्राविधिक टाेलीले आँखा जाँच गरेको थियो ।

बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षतामा भएको आँखा शिविरमा बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा सदस्य बलराम सापकोटाकाे स्वागत र वडा सचिव प्रेम खड्काकाे संचालनमा सम्पन्न भएको थियो ।