
बागलुङ नगरपालिका देखि कुश्मा नगरपालिका पाङ अदुवा वारि जाेड्ने बिश्व कै लामो झाेलुङ्गे पुललाई थप आकर्षित गरि पर्यटक भित्र्याउने उदेश्यले रातको समयमा झलमल बिजुली बत्ती बालेपछि पुल थप आकर्षित बन्न पुगेको छ ।रातको समयमा पुल वारपार गर्दा महिला दिदिबहिनी लाइ सुरक्षित समेत बनाएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न बागलुङ र पर्वत जाेड्ने पवित्र नदि कालीगण्डकी माथि बनेको बिश्व कै सबैभन्दा लामो झाेलुङ्गे पुलमा बिजुली बत्ती जडान गरिएपछि पुल झलमल बलेको छ ।
बागलुङ नगरपालिकाले ,बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचाैर देखि कुश्मा नगरपालिका १ अदुवावारि पाङ सम्मको ५६७ मिटर लामो झाेलुङ्गे पुलमा रातको समयमा समेत वारिपारि गर्न सहज बनाउन बिजुली बत्ती जडान गरेपछि पुल थप आकर्षित देखिएको स्थानीयले बताए ।
बत्ती बलेपछि पुल आकर्षित देखिएको आकाशमा हिडेकाे अनुभुती भएको महसुस गरेको पुलले यहाँ आउने पर्यटकलाई थप आकर्षित गर्ने स्थानीय दुर्गा कडेलले बताए ।
पुल निर्माणकाे क्रममा बत्ती जडान गरिएको भए पनि त्यो प्रभावकारी नभएको कारण अहिले पुलको साैन्दर्यताकाे लागि ३ लाख ४४ हजार खर्च गरेर नगरपालिकाले बत्ती जडान गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषाेत्तम सापकोटाले बताए ।
बागलुङ र पर्वत जाेड्ने बिश्व कै लामो सिंगल स्पानकाे झाेलुङ्गे पुल पर्यटककाे आकर्षणकाे केन्द्र भएको हुदा यसलाई थप आकर्षण गर्न पुलमा बत्ती जडान गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।




नेपाल कै पवित्र नदि कालीगण्डकी स्नान गर्ने देखि प्रसिद्धि धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरको दर्शन गर्न आउने
धार्मिक पर्यटक देखि मध्यपहाडी राजमार्ग हुदै रूकुुम ,र मुक्तिनाथ जाने लाई समेत एकपटक मनै लाेभ्याउने गरि पुल आकर्षित गरिएपछि काेराेना सुस्ताइ रहेको पर्यटक पुरानो लयमा फर्किने बिश्वास बागलुङका हाेटल तथा पर्यटन ब्यवसायीले गरेका छन् ।
पुलमा रातभरि बत्ती जडान भएपछि बागलुङ बाट पारि जान र पाङ बाट बागलुङ तर्फ आउन धेरै सहज भएको छ बत्ती बलेको कारणले महिला दिदीबहिनीहरू समेत सुरक्षित रूपमा ढुक्कसंग वारपार गर्न मद्दत गरेको छ यसले महिला दिदीबहिनी माथि हुने याैनजन्य घटनामा समेत कमि आउने देखिन्छ ।
बिश्व कै अहिलेसम्मकाे सबैभन्दा लामो ५६७ मिटरकाे सिंगल स्पानकाे झाेलुङ्गे पुल बागलुङ सदरमुकाममा बनेपछि यसले जिल्लामा थप आकर्षण बढेकाे छ ।बागलुङ नगरपालिकालेयसलाई गिनिज बुक वल्ड रेकर्डमा कायम गराउन कानुनी प्रक्रिया समेत अगाडि सारिएको छ ।