३ बर्षदेखि भाडा नतिरेको भन्दै मुक्तिनाथ हस्पिटलमा तालाबन्दी

-


     राजेशचन्द्र राजभण्डारी    
     चैत्र २३ गते २०७९ मा प्रकाशित


बागलुङ सदरमुकाममा निजी क्षेत्रबाट संचालित एक अस्पतालले ३ बर्षदेखि घर भाडा नबुझाएको भन्दै घर धनीले तालाबन्दी गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर २ हरिशंकर राेडमा रहेको मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च सेन्टरले लामाे समयदेखि घर भाडा नतिरेको भन्दै घर धनी गणेश कुमार श्रेष्ठले मंगलबार ताला लगाएका हुन् ।

बागलुङ नगरपालिका न्यायिक समितिमा मुद्दा दिएको ३ बर्ष देखि घर भाडा माग्दै गर्दा पनि अहिलेसम्म भाडा नतिरेपछि बाध्य भएर ताला लगाउनु परेको श्रेष्ठले बताए ।

हस्पिटलका शेयर हाेल्डर एकजनाले अर्को लाई देखाउने तर भाडा दिने बारे कुनै चासो नदिएकाे बागलुङ नगरपालिका लाई निवेदन दिएपछि घर खाली गराउने सुचना जारी गरेपकाे श्रेष्ठले बताए ।

मुक्तिनाथ हस्पिटलले बागलुङ नगरपालिकालाई बुझाउनु पर्ने घर भाडा कर समेत २०७५ सालदेखि हालसम्म नबुझाएको नगरपालिकाले जनाएको छ ।
घर भाडा कर मात्र ५ लाख ५४ हजार ४ सय पुगिसकेको छ ।

हस्पिटलमा भएको तालाबन्दी बारे संचालकहरू संग सम्पर्क गर्दा सम्पर्क सम्बन्धि संचालकहरूले आफुहरू जिम्मेवारीमा नरहेको हुनाले केही थाहा नभएको जवाफ दिए ।एकजना संचालकले दुई बर्ष काेराेनाकाे कारणले हस्पिटल चलाउन नसकेको कारणले समस्या भएको अरू कुरा थाहा नभएको बताए । हस्पिटलमा तालाबन्दी भएपछि कर्मचारी समेत घर घरमा जान बाध्य भएका छन् । हस्पिटल बन्द गरेको समयमा एकजना पनि बिरामी बेडमा भर्ना भएका थिएन ।