
बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको मुख्य समारोहकाे गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले उद्घाटन गर्दै
बागलुङको ऐतिहासिक धार्मिक मेलालाई नयाँ संस्करणमा संचालनमा ल्याउने कामले आर्थिक गतिविधिमा टेवा पुर्याउने बताए ।बागलुङको पर्यटन प्रर्बदन गर्न स्वामी कमल नयनले एउटा अभियान ल्याएको त्यसलाई तपाई हामी सबैले साथ दिएको कारण अहिले पर्यटनको केन्द्र बनेको मुख्य मन्त्री अधिकारीले बताए ।
चैते दशै मेलाकाे महत्त्व अझै पनि कायमै रहेको मेलामा दैनिक रूपमा चाहिने सामाग्री किनमेल गर्ने थलाे भएको हुदा यसलाई सबैले जाेगाएर राख्नुपर्ने पुर्व शिक्षा मन्त्री एवम् सांसद देवेन्द्र पाैडेलले बताए ।
कार्यक्रममा कालीका पत्रकरिता पुरस्कार बाट यश बर्ष ढाेरपाटन दैनिकका पत्रकार रामकृष्ण बाेहाेरा ,र परिसुचन साप्ताहिकका पत्रकार बिजय रानालाइ नगद प्रमाणपत्र बाट पुरस्कृत गरिएको थियो ।कलाकार एवम् समाजसेवी लक्ष्मण श्री लाई समेत कला र संस्कृतिकाे क्षेत्रमा याेगदान गरेको भन्दै सम्मान गरिएको थियोे ।
कार्यक्रममा बागलुङका संघीय सांसद देवेन्द्र पाैडेल ,बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ लगायतका बक्ताहरूले चैते दशैकाे मेला र यसको महत्त्व बारे धारणा राखेका थिए ।स्वागत कालीका भगवती गुठी ब्यवस्थापन समितिका कार्यालय प्रमुख तारा शर्माकाे स्वागत गुठीका अध्यक्ष कुमार खड्काकाे अध्यक्षतामा भएको कार्यक्रम संचालन गुठीका निशान खड्काले गरेका थिए ।
बागलुङको चैते दशै मेलाको अवसर पारेर कालीका गुठीले चैत १३ गतेदेखि १७ गतेसम्म मेलाको आयोजना गरेको छ ।बागलुङ सदरमुकाममा लाग्ने ऐतिहासिक मेला भर्न कालीका भगवती मन्दिरमा दर्शन गर्न ६ लाख धार्मिक पर्यटक आउने गर्छन् ।








