बागलुङ काँग्रेसद्वारा ४ जनालाई आमन्त्रित जिल्ला सदस्यमा मनोनित

-


     हिडन खबर    
     चैत्र ९ गते २०७९ मा प्रकाशित


नेपाली काँग्रेस बागलुङले ४ जना आमन्त्रित जिल्ला सदस्य मनोनित गरेको छ। पार्टी नियमावली २०७६ को परिच्छेद १८ को नियम ५६ को उपदफा २ बमोजिम ४ जनालाई आमन्त्रित जिल्ला सदस्य मनोनयन गरिएको हो ।

सभापति जीत बहादुर शेरचनले नेपाल सुन चाँदी महासंघका केन्द्रीय सदस्य समत रहनु भएका बागलुङ नगरपालिका ३ का सुदेशचन्द्र राजभण्डारी, नेपाल रेडक्रश सोसाइटी बागलुङ शाखाका निवर्तमान सभापति समेत रहनु भएका काठेखोला गाँउपालिका ६ का जव्वर बहादुर लामिछाने काठेखोला ५ का गोविन्द विका र बागलुङ नगरपालिका ११ मिन कहादुर केसी मिलन लाई आमन्त्रित जिल्ला सदस्य मनोनित गर्नु भएको हो।

नेपाली काँग्रेसको संगठनका लागि निरन्तर क्रियाशिल भएका चारै जनाको मुल्यांकन गर्दै सदस्यमा मनोनित गरिएको नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य जगन्नाथ आचार्यले बताउनु भयो । नेपाली काँग्रसेको विधानमा रही लोकतन्त्रको मुल्य र मान्यता अनुरुप इमान्दारीता पुर्वक पाटीले दिएको जिम्मेवारी बहन गर्दै काँग्रेसको संगठनलाई थप उचाईमा पु¥याउन महत्वपुर्ण भूमिका निर्वाह गर्न मनोनित सदस्यलाई शेरचनले आग्रह गर्नु भएको छ ।