बिश्व उपभोक्ता अधिकार दिवस

-


     हिडन खबर    
     चैत्र १ गते २०७९ मा प्रकाशित



बागलुङ

विश्व उपभोक्ता अधिकार दिवस वर्सेनि मार्च १५ तारिखका दिन मनाउने परम्परा अनुसार यश बर्ष पनि बागलुङ सदरमुकाममा
उपभोक्ता अधिकार बारे बिबिध कार्यक्रम गरि यो दिवस मनाइयो ।

बिश्व उपभोक्ता अधिकार दिवस बर्सेनि नेपालमा मनाउने गरिएपनि आम उपभोक्ताकाे ८ अधिकार बारे भने उपभोक्ताहरू अनभिज्ञ छन् । पर्यटन तथा घरेलु उद्योग कार्यालय ,राष्ट्रिय उपभोक्ता मन्च र जिल्ला प्रशासन कार्यालयकाे संयुक्त आयोजनामा बिश्व उपभोक्ता दिवस मनाएर उपभोक्ताकार अधिकार बारे सराेकारवालालाई सुसूचित गरियो ।
उपभोक्ता अधिकार एकदम कुन्ठित भएको ब्यापारी संग बार्गेनिङ गर्ने पावर कम भएको अधिकारकर्मि लक्ष्मी जिसी कार्कीले बताए ।

उपभोक्ता सचेत बन्नुपर्ने ब्यापारी सजग बनाउन गाउँ गाउँमा उपभोक्ता शिक्षा दिन जरुरी रहेको उपभोक्ता गाेविन्द गाैतमले बताए ।

आम उपभोक्ताका जेजति अधिकार छन् त्यसलाई ब्यवहारमा कार्वान्यन गराउन सकेको खण्डमा मात्र यो अधिकार दिवसको सार्थकता रहने नागरिक समाजका संयाेजक काजी गाउँले श्रेष्ठले बताए

हामी उपभोक्ता पनि हाै हामी उत्पादक पनि हाै भन्ने धारणा अनुसार काम गर्न सकेको खण्डमा कुनै समस्या नआउने प्रमुख जिल्ला अधिकारी राेशनी कुमारी श्रेष्ठले बताए ।

उपभोक्ताले बजारमा आफुलाई आवश्यक पर्ने सामान खरिद गर्दा म्याद गुजि्रएको छ कि छैन गुणस्तरीय छ कि छैन हेर्न जरुरी रहेको राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।

डिजेटल मार्केटिङ बारे सरकारले ठाेस निति र कानुन नहुदा उपभोक्ता ठगिने ,बिग्रिने काम बढी रहेको अमेरिकी बैंक डुवे संगै क्रिस्टाे करेन्सीमा लगानी गर्नेहरू डुवेकाे बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेलले बताए ।

उपभोक्ताकाे ८ अधिकारहरू सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार भएको पर्यटन तथा घरेलु उद्योग कार्यालयले जनाएको छ ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनाम विश्वभर यो दिवस मनाइन्छ ।

चार अधिकारका आधारमा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुवन्ध पारित भएको थियो । सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन जारी गरेका छन् ।

संयुक्त राष्ट्रसंघबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ ।

नेपालमा बर्षिनि बिश्व उपभोक्ता अधिकार दिवस मनाउँदै आएपनि बजारमा सामान खरिद गर्दा उपभोक्ता ठगिने पैसा पूरा तिर्दा समेत गुणस्तरीय सामान नपाउने समस्या यथावत न‌ै देखिन्छ ।उपभोक्ता अधिकारकाे क्षेत्रमा काम गर्ने संघसंस्था भएपनि त्यो अधिकार सम्पन्न नहुदा र बजार अनुगमन माैसमी हुने गरेको कारण उपभोक्ताले वास्तविक रूपमा न्याय पाउन भने सकेका छैनन् ।