
बागलुङ /गाउँ गाउँमा सिंहदरबार पुगेको भनेर प्रचारप्रसार गरिएपनि दलितको समस्या अझै सम्म समस्याको रूपमा रहेको भन्दै नेपाल दलित आयोगलाइ शक्तिशाली बनाउन जरुरी रहेको धारणा जिल्लाका दलित अधिकारकर्मिले राखेका छन् ।
राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर बुर्लाकाेटीले नेपालकाे संविधान २०७२ दलितको लागि अग्रगामी र प्रगतिशील संविधान भएको बताए ।राष्ट्रिय दलित आयोगले जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजना गरेको छलफल कार्यक्रममा अहिलेसम्म १९१० काे मुलुकी ऐनले विभेद गरेको तर यो संविधानले विभेद अन्त्य गर्न संकल्प गरेको आयोगका सदस्य बुर्लाकाेटीले बताए ।तर आयोगले यत्तिले मात्रै नपुग्ने भन्दै ५१ बुढे प्रस्तावना राष्ट्रपति समक्ष पेश गरेको छलफल कार्यक्रममा आयोगका सदस्य बुर्लाकाेटीले बताए ।
अहिले पनि समाजमा दलित माथि विभेद कायमै रहेको मात्रै स्वरूप परिवर्तन भएको छिमेकीको पल्लो घरले दलित लाई निम्तोमा समेत विभेद गर्ने गरेको समस्या यथावत रहेको दलित अधिकारकर्मि धनबहादुर परियारले बताए ।अहिले सबैभन्दा विभेद शिक्षामा देखिएको कारण शिक्षामा सुधार गर्न जाेड दिएका थिए ।जिल्लामा दलित अधिकारकाे लागि धेरै संघर्ष गरेको अझैसम्म पनि त्यो कायमै रहेको अधिकारकर्मि परियारले बताए ।
प्रशासनमा कुरा मिठाे गर्ने तर ब्यवहारमा भने कार्वान्ययन चाहिँ नगर्ने समस्या रहेको निति राम्रो हुदाहुदै पनि नियत ठिक नभएको गुनासो दलित अधिकारकर्मि टीका कुमारी बिकले बताए ।
बागलुङ जिल्लामा भएको दलितको समस्या समाधान गरेको प्रशासन अरू समस्या नरहेको दाबी सहायक प्रमुख जिल्ला अधिकारी गणेश पाैडेलले बताए ।
अहिले पनि समाजमा उपल्लो जात बाट आएका ब्यक्तिहरू यहीँ समाजमा हुर्केका ब्यक्ति भएको कारणले कतिपय अवशेष तपाईं हामीमा बाकी रहेको हुदा त्यसलाई सुधार गर्न जरुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख याेगेन्द्र कुमार खड्काले बताए ।
जिल्ला प्रहरी कार्यालय बागलुङमा २०७९/०८० मा १८३ जनाले मुद्दा दर्ता गरेको मध्य ४८ जना दलितको रहेको ७९/८० मा १४१ जना प्रतिवादी मध्य ५७ जना रहेको तथ्यांक प्रस्तुत गरिएको थियो ।१३६ जना ठाडो उजुरी दिने मध्य ३० जना दलित रहेको ७९/८० महिला सेलमा २७ जना पीडित मध्य १२ जना महिला रहेको तथ्यांक छ ।
बागलुङमा बिशेश गरि अन्तरजातीय बिवाहामा समस्या प्रहरी प्रशासनमा कागजी प्रक्रियामा झंझट नागरिकता प्रमाणपत्र लिनकाे लागि सहज नभएको कुरा दलपति आयोग समक्ष पुर्याउदा समेत समयमै हल नभएको गुनासो कार्यक्रममा दलित अधिकारकर्मिले पाेखेका थिए ।





ReplyForward |