धौलागिरी बहुमुखी क्याम्पसमा जताततै ताला: क्याम्पस प्रमुख सहित ८ जना प्राध्यापक थुनिए !

-


     हिडन खबर    
     फागुन २९ गते २०७९ मा प्रकाशित


बागलुङको धौलागिरी बहुमुखी क्याम्पसमा जताततै तालाबन्दी गरिएको छ ।

क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा सुजन सापकोटाको नेतृत्वमा रहेको संयुक्त विद्यार्थी समुहद्वारा तालाबन्दी गरिएको हो ।

सापकोटा स्ववियुका बहालवाला स्ववियु सह-सचिव समेत हुन ।

तालाबन्दी कारण क्याम्पस व्यवस्थापन समिति अध्यक्ष, क्याम्पस प्रमुख, निर्वाचन अधिकृत, लगायत ८ जना थुनिएका छन ।

उता क्याम्पस प्रशासनको लापरबाहीका कारण विद्यार्थी परिचयपत्र दुरुपयोग भएको भन्दै फाल्गुन २५ गतेदेखि निर्वाचन अधिकृतको कार्यालयमा लगाइएको तालाबन्दी खुल्न सकेको छैन ।

यसरी क्याम्पसमा सहमतिको प्रयास नगर्ने र ताला माथि ताला लागइने क्रमले स्ववियु निर्वाचन नहुने निश्चित प्रायः देखिएको एक विद्यार्थी नेताले बताए ।