दिगो
 कम्पनीको डाँफे इलेक्ट्रिक माइक्रोबस बागलुङमा

- यो माइक्रोबसको प्रतिकिलोमिटर बिजुली खर्च १ रुपैयाँ ६ पैसा पर्न आउँछ, जुन डिजेलकोकरिब ९ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ८० प्रतिशत कम हो ।

-


     हिडन खबर    
     माघ २४ गते २०७९ मा प्रकाशित


बागलुङमा पहिलो पटक इलेक्ट्रिक माइक्रोबसको विक्रि सुरु गरिएको छ |

डिजेल पेट्रोलको भाउ आकासिय सँगै ब्यबसायीहरुको ध्यान यतिबेला इलेक्ट्रिक गाडी तर्फ जान थालेको छ |

विक्रीका लागि दिगो कम्पनीको डाँफे माइक्रोबस बागलुङमा भित्रिएको हो  चालक सहित ११ सिट क्षमताभएको यस माइक्रोबसले एक पटक फुल चार्ज गर्दा २५० किलोमिटर गुड्न सकिने कम्पनिका बागलुङजिल्लाका प्रतिनिधि किशोर सापकोटाले बताए |

दीगो डीएफएसके डाँफे ११ सिट क्षमता रहेको यो इलेक्ट्रिक माइक्रोबसले यात्रालाई सजिलो  आरामदायीबनाउनुका साथै बढीभन्दा बढी आम्दानीका उपयुत्त रहेक सापकोटाले बताए |

४२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री  ६० किलोवाटको मोटर रहेको यो माइक्रोबसएकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २५० किलोमिटरसम्म गुड्छ (एनइडिसी ३००किलोमिटर यो माइक्रोबसको प्रतिकिलोमिटर बिजुली खर्च  रुपैयाँ  पैसा पर्न आउँछजुन डिजेलकोकरिब  रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ८० प्रतिशत कम हो  यो माइक्रोबसको प्रारम्भिक मूल्य ४५ लाख रुपैयाँ पर्ने र ३० प्रतिशत डाउन क्यास र ७० प्रतिशत फाईनान्स कम्पनिले गरिदिने सापकोटाले बताए |

विश्वभर आकासिँदो पेट्रोलियम पदार्थको मुल्य  वातावरण प्रदुषणको कारण डिजेल तथा पेट्रोलबाट चल्नेसवारीसाधनको प्रयोगलाई इलेक्ट्रिक सवारीसाधनले विस्थापित गर्नुपर्ने महसुस भईरहेको बेला इलेक्ट्रिकगाडिमा आकर्षण बढ्ने देखिएको  |