
लेखक तथा राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईद्वारा लिखित लेखक खगेन्द्र संग्रौलाको जीवनी ʿएक बागीʾ पुस्तकमाथि बागलुङमा विमर्श भएको छ।नयाँ विश्वको आयोजना र बेला पब्लिकेशनको संयोजनमा सोमबार विद्यामन्दिर माध्यमिक विद्यालयको सभाहलमा ʿएक बागी खगेन्द्र संग्रौलाको साधना र सङ्घर्षʾ पुस्तकमाथि छलफल भएको हो ।
लेखक संग्रौलाले आफनो जन्म जिल्ला पाचथरदेखि चितवन, लमजुङ, बन्दिपुर र काठमाडौ लगाएको स्थानमा परिवर्तनको लागि गरेको राजनैतिक कर्म र साहित्यीक साधनाको बारेमा लेखक संग्रौलाले प्रष्ट पारेका थिए ।
लेखक तथा राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईले संग्रौलाका आनी बानीदेखि उहाँको लेखन र नेपाली समाजको परिवर्तनको लागि गर्नुको योगदानको चर्चा गदै एक बागी पुस्तकबाट नेपाली समाजले भोगेको समस्यालाई बुझन्ने कोशिस गरेको बताउनु भयो ।
लेखक संग्रौलाको कमजोरी र साहित्यीक भूमिकाको बारेमा चर्चा गर्दै खगेन्द्र संग्रौला कर्सैको नजरमा धोकेबाज, कसैको नजरमा तिखो व्यङगे प्रहार गर्ने आलोचक, कसैको नजरमा अनृुवादक,कर्सैको नगरमा बेथिति र विसंगतिमा कलम चलाउने। निर्भिक स्तम्भकार र कसैको असल प्रेमी पनि भएको लेखक तथा राजनीतिक विश्लेषक प्रसाई पुस्तक लेखनको बेला विभिन्न स्थानको भ्रमण गर्दा थाहा पाएको बताउनु भयो ।
कार्यक्रममा साहित्यकार महेशचन्द्र प्रधान, शिक्षासेवी जगन्नाथ आचार्य, पत्रकार राम थापा अविरल, फोटो पत्रकार आरके अदिप्त गिरि, साहित्यकार काजी रोशनहरुले लेखक तथा राजनीतिक विश्लेषक उज्ज्वल प्रसाई र लेखक खगेन्द्र संग्रौलासँग संवाद गरेका थिए ।
विपक्षीहरुको चोटिलो, तिव्र आलोचना गर्ने र सत्तामाथि सधैं प्रश्नका वाण तेर्स्याउने संग्रौलाको विचारसंग अनेक विमति हुँदाहुँदै पनि उनले प्रश्न गर्न सिकाएको राजनैतिक र साहित्य विश्लेषकहरु र उनका कृतिहरु नविन र पठनिए भएको लेखक संग्रौलासँग जिज्ञासा राख्ने साहित्य प्रेमीहरुले बताएका थिए ।
कार्यक्रममा पाठकहरुले लेखक तथा राजनीतिक विश्लेषक प्रसाई र लेखक संग्रौलाको हस्ताक्षर भएको एक बागीʾ र अजम्बरी गाउँ पुस्तक सहुलिएत मूल्यमा खरीद गरेका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुुख बसन्त कुमार श्रेष्ठ, नागरिक संचार प्रालिका अध्यक्ष माधव शर्मा, नागरिक समाजका संयोजक तथा वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, नयाँ विश्वका प्रधान सम्पादक निर्मल बहादुर श्रेष्ठ, नयाँ विश्व बचत तथा ऋण सहकारीका कार्यवाहक अध्यक्ष अर्जुन चोखाललगाएत शिक्षाप्रेमी, कला, साहित्य, पुस्तक प्रेमी र संचारकर्मींहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम नयाँ विश्वका मुकेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।


