सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको जैमिनि नगरपालिका ८ बेलवगरमा अन्र्तक्रिया सम्पन्न

-


     हिडन खबर    
     माघ १२ गते २०७९ मा प्रकाशित


सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड बागलुङको आयोजनामा बागलुङको जैमिनि नगरपालिका ८ बेलवगरमा केन्द्र प्रमुख र उपप्रमुखको गोष्ठी तथा वित्तीय साक्षरता विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बेलवगर शाखाको आयोजनामा भएको कार्यक्रममा वोल्दै जैमिनि नगरपालिकाका उप प्रमुख हरिहर शर्माले ग्रामिण क्षेत्रका महिलाको उत्थानको लागि महत्वपुर्ण काम गरेको भन्दै महिलाहरुलाई नेतृत्व तहमा पनि लैजान सिवाईसी लघुवित्तले महत्वर्ण भुमिका खेलेको बताउनु भयो। लघुवित्त कार्यक्रमले ग्रामीण भेगका धैरै महिलादिदिबहीनीहरुलाई उद्यमशिलता र आत्मनिर्भर बनाएकोले लघुवित्तको लगानि सदुपयोग गरि उद्यमी बन्न स्थानियलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा जैमिनि नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा सिवाइसीका सस्थापक इन्द्रराज पौडेल, जैमिनि नगरपालिका ७ का वडा सदस्य कौशिला सापकोटा, पर्वतको विहादी गाउँपालिकाका कार्यपालिका सदस्य माया नेपाली, फलेवास नगरपालिका वडा नम्वर ११ पाङराका वडा सदस्य कला नेपाली

असल सदस्य तुल्सी शर्मा उद्यमी केश कुमारी शर्मा, असल बचतकर्ता उमादेवी शर्मा, बाल बचतकर्ता विकल्प थापा, उत्कृष्ट बचतकर्ता नन्दकली पाध्या लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । सिवाइसी नेपाल लघुवित्त वित्तीय सस्थाका प्रवन्ध संचालक डोलिन्द्र प्रसाद शर्माको अध्यक्षता बेलवगर शाखा प्रमुख तविता थापाको स्वागत र प्रवन्धक संगिता शर्मा पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा उत्कृष्ट केन्द्र, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, असल ऋणी सदस्य, जनप्रतिनिधि, उद्यमी सदस्य लगायतलाई सम्मान गरिएको छ। सो अवसरमा बेलवगरको सस्कृत माविका विद्यार्थीको लागि १ सय २५ पुस्तकहरु हस्तान्त्रण गरिएको थियो ।