
सम्झे आज एउटा घटना बाल्यकालमा भाको
टोलै भरका बालक मिलि काँक्रो चोर्न आको
मात्रै थियो काँक्रोमा के उसले हात लाको
‘को हो’ ? भन्दै कोइली चरी गर्यो ठूलो डाँको!
सबको भयो भागाभाग काक्रो त्यँहि छाेडि
तर्सिएर भागी हाले चोर्न गा’ का जोडी!
गलत कामलाई देख्दा पनि छैनन् आज बोल्ने
न त अन्त गै कतै यस्ता कुरा खोल्ने!
मतलब छैन कोहि कसैको चिन्ता आफ्नै मात्र
सृस्टि भरि बढी सके यस्तै खालका पात्र!
बिरोध गर्ने छैनन् कोहि अपराधको झुटको
देखे पनि बोल्दैनन् केहि बचाउ गर्छन गुटको !
दस्ता बनाई लुट्ने खेलमा पाँउदा सानो पिँडो
त्यँहि पिँडोमा मुख मिठायो चुप्प लग्यो हिँड्याे!
किरा सरि मानब जाति छन् नि जता ततै
निमूखाको घटना घटोस साँझी छैन कतै !
जे देखेनी जे भोगेनी बोल्दैनन् ती त्यहाँ!
कुरो लिई हाजिर हुन्छन बरु मालिक कहाँ
हाम्रो मान्छे फस्छ त्यहाँ नबोल भन्छ मालीक
प्राण भा को जिउदो मानिस बन्छ फेरी शालीक!
प्राण भा’काे जिँउदाे भा नि बाेल्दैन नि केहि
अर्काे सिक्छ यँहि चलन प्रवृती भाे यहि!
खबरदारी गर्ने जिम्मा पा’ का पनि आज
जे देखे नि चुपै लाग्छन् मान्दैनन् केहि लाज!
उनै बाट आश नभएसी कता जानु अब?
पखेरुमा विश्वास परि जिम्मा लाउछौ सब!
को हो को हो भन्दै थूर्ने तेरो ठूलो डाँकाे!
तेरो छ नि गुँडे दाजू यस्तै खुबी भा को !
खाइस खेलिस हूर्किस बढिस काग दाजू सङ्ग
उसको खुबी सुने कोइली त नि हुन्छस दङ्ग
निकै टाढा सम्म देख्छ सबको खबर राख्छ
जस्तै आपत परे पनि ज्यानै जोगाइ भाग्छ
जस्तो सुकै ठाउँमा पनि भन्दैन त्यो जान्न
हात उठाए बुझी हाल्छ ताके भन्छ हान्न
एक अर्काको खुबी अब अंश बन्डा गर
दुधे भए नी दाजूभाई होउ नमिल्ने पो छ र ?
सक्दैनौ त्यो साट्न भने अर्को शन्धी गर
सँगै बस, सँगै खेल, सँग -सँगै चर
जब देख्छ कागले केहि गडबड हुन ला को
को हो भन्दै झपार तैले गर्दे ठूलो डाँकाे!
भागे जस्तै काँक्रा चोर भाग्लान अरु पनि
तेरो आवाज सुन्दा बरु देखेछन् लौ भनि
गर्दे एति कोइली आज धन्य हुन्छस् त नि
तेरो पनि पूजा होला त्यस्तै दिन गनि
काग हामी पहिलै पूज्थेउ काग तिहार भनि
एति भएसी मान्छौ हामी कोइली तिहार पनि
शोध बरु यमराजलाई ढीला गर्छाै किन
हुन्छ कि नाइ दुवै पूजा गर्न एकै दिन ?
चिन्ता छैन यमपन्चक लम्बिए मै बरु
काग कुकुर पुजे कै हाे थप्छाै एउटा अरु!
-अर्जुन राज पन्त , बाग्लुङ मुलपानी
यो कविताङ्श व्यङ्ग्यकाव्य ‘कोइली ‘ बाट लिइएको हो