
माथिको तस्बिर बागलुङ बजारको मुख्य चोक क्याम्पस चोक अगाडिको हो ।
गत भदौमा बागलुङ नगरपालिकाको चोक सुधार कार्यक्रम अन्तर्गत धौलागिरि बहुमुखी क्याम्पस गेट अगाडी सडक स्तरोन्नी गरिएको थियो ।
आर. एस निर्माण सेवाले १५ लाख रुपैयाँमा निर्माण गरेको सडक सहितको नालीमाथि राखिएको च्याम्बर एक वर्ष नहुँदै भाच्चिएको हो ।
दैनिक सयौं सवारीसाधन ओहोरदोहोर गर्ने बजारको मुख्य चोक बिचको च्याम्बर भाचिँदा दैनिकी उपभोग्य तथा अत्यावश्यक सामाग्री ढुवानीका सवारी आवागमनमा असहजता भएको छ भने दुर्घटनाको जोखिम समेत बढेको स्थानीय अगुवा जीवननाथ शर्मा रेग्मीले बताउनुभयो ।
बजारको मुख्य चोककै सडकको जिर्णावस्था तत्काल सुधारका लागि स्थानीय निकायले काम सुरु गर्नुपर्ने स्थानीयहरुको माग रहेको छ ।