
देवी स्वरुप नारी जाति सम्मान गर्छु मैले,
अधिकारकाे दुरुपयाेग याे बन्द हुने कहिँले?
आएकाे पाे हाे कि कतै त्यस्तै खाले सँस्कार,
कुरा मिले माया प्यार नत्र बलात्कार !
प्राकृतिले दिएका ति आमा बन्ने अङ्ग,
हतियार पाे भए कि खै आज तिमि सङ्ग!
अधिकार पाे धेरै भाे कि सिमा भन्दा पनि,
बिचित्रका घटना आउछन् आज काण्ड बनि !
बर्षाै देखि सङ्गै बसे के के गरे गरे,
अहिले आएर खट पट परे बलात्कार भाे अरे !
माया प्रेम नि अचम्मै छ खिच्याे मेबाइल भित्र,
खटपट परे मिडियामा सम्बाद सहित चित्र!
बर्षाै देखि बलत्कार रे बाेलिनाै नि किन ?
आज आएर बिमति भाे गयाे उजुर दिन !
संसारमा धेरै थरि थिए अस्त्र शस्त्र,
त्यहि माथि थपियाे यि आज नारि अस्त्र !
हतियार नि डरै लाग्दाे महाशक्तिशाली,
जतिसुकै पड्के पनि हुदैन त्याे खाली!
हाने पछि हतियार त्याे जब काेहि तिर,
एकै चाेटमा भुइँमा ढल्छ मै हु भन्ने बीर!
न त पर्छ राेक कहिल्यै न सकिन्छ गाेली,
थपे मात्र पुग्छ त्यँहा माेहनी त्याे बाेलि !
मै हुँ भन्ने याेद्धा देखि ऋषि मुनी सब,
यस्ता खालका हतियारकाे फेला पर्छन जब !
उसकाे अस्त्र उसकाे शास्त्र काम लाग्दैन केहि,
एकै छिनमा लल्याक लुलुक ढल्छ पनि त्यँहि !
ब्रह्माजिले राख्या थिए रे पहिला आफू सङ्ग,
त्यहिँ अस्त्रले गर्थे अरे तपस्या नि भङ्ग !
जब गरे मानब श्रृष्टि बनाइ नर नारी,
उस्तै उस्तै पारि दुबै थाेरै फरक पारि !
पुरुष भन्दा ति नारीलाइ अल्लि कमजाेर ठानि,
दिएकि पाे यस्ताे अस्त्र लैजाउ भन्दै नानी !
ब्रह्मास्त्रले हान्थे अरे सत्य युगमा पहिले,
नारी अस्त्र ब्रह्मास्त्र छ कलि युगमा अहिले !
(पन्त पहिलाे ब्यङ्ग्य काब्य काेइलीका लेखक समेत हुन)